रुरुक्षेत्र गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

रेसुङ्गा (गुल्मी), साउन २६ गते ।  गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रावण कृष्ण औँसी (पोखरी औँसी) का अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अनुसार साउन २७ गते बुधबार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य, संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थामा […]

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने

ताप्लेजुङ, साउन २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो । गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरिक, स्वस्थ्य मैवाखोला’ […]

गाउँमै आँखा परीक्षणदेखि निःशुल्क शल्यक्रियासम्म

सल्यान, साउन २३ गते ।  सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकले आफ्नै गाउँघरमा विशेषज्ञ आँखा स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकामै निःशुल्क आँखा परीक्षण, शल्यक्रिया तथा चश्मा वितरण गर्ने उद्देश्यले सञ्चालित शिविरको पहिलो दिन शुक्रबार २९० जना नागरिकले सेवा लिएका छन् । कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा वडा नं. ५ स्थित […]

रैथाने बाली प्रशोधनका लागि कृषकलाई थ्रेसर र मिल वितरण

हुम्ला, साउन ७ गते । खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषक समूह र सहकारी संस्थालाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ। स्थानीय उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले थ्रेसर तथा विभिन्न प्रशोधन उपकरण उपलब्ध गराएको हो। यसबाट कृषकले कम […]

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी,  असार १२  गते ।  म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताउनुभयो । “वडा […]

ललितपुरको बजेट सात अर्ब अठचालिस करोड

काठमाडौँ, असार ११ गते ।   ललितपुर महानगरपालिकाले आगाामी आर्थिक वर्षका लागि  सात अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपियाँको बजेट नगर सभामा पेस गरेको छ । महानगरपालिकाले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख, पुँजीगत खर्चतर्फ चार अर्ब २३ करोड ६९ लाख रुपियाँको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको छ ।ललितपुर महानगरपालिकाका […]

ढकियामा बजेट, संस्कृति संरक्षणको सन्देश

दाङ, असार ११ गते । दाङका दुई स्थानीय तहका उपाध्यक्षले परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गरेपछि उपस्थित जनप्रतिनिधि र कर्मचारीको ध्यान उनीहरूतर्फ केन्द्रित भएको थियो। राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी र गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी स्थानीय मौलिक पहिरन तथा परम्परागत गहनामा सजिएर टाउकोमा थारु समुदायको पहिचान बोकेको ढकियामा बजेट पुस्तक राखी गाउँसभामा […]

जैमिनीको बजेट ७६ करोड ८८ लाख

बागलुङ (गलकोट), असार ९ गते ।  बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८८ लाख रुपियाँको बजेट तथा वार्षिक नीति–कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख हरिहर शर्माले बजेट प्रस्तुत गर्नुभएको थियो भने नगरप्रमुख नरबहादुर पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। नगरपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा […]

कृषकलाई कृषि तथा दुग्धजन्य उपकरण

स्याङ्जा, जेठ २२ गते ।  गल्याङ नगरपालिकाले कृषकलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको छ । कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, किसानको श्रम र लागत न्यूनीकरण तथा दुग्ध व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यका साथ नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको हो । नगरपालिकाले सञ्चालन गरेको कृषि तथा […]

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ),  जेठ २० गते ।  केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ । यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ