स्याङ्जा, जेठ २२ गते ।
गल्याङ नगरपालिकाले कृषकलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको छ । कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, किसानको श्रम र लागत न्यूनीकरण तथा दुग्ध व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यका साथ नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको हो ।
नगरपालिकाले सञ्चालन गरेको कृषि तथा पशु उद्यमसिलता विकास कार्यक्रम मार्फत ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको हो ।
पालिकाले ७० वटा हाते ट्याक्टर, २५ वटा कम्बाइन्ड मिल, १३ वटा डि फ्रिज, १० वटा मिल्क क्यान, पाँच वटा मिल्क एनलाईजर कषकहरुलाई हस्तान्तरण गरेको हो । यहाँ कृषकहरुको माग र आवश्यकता हरेर उपकरण वितरण गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । उहाँले पालिकाको सुचना अनुसार वडा तथा पालिकामा निबेदन दिएका कृषहरुलाई छनोट गरेर प्रदान गरेको भट्टराईले बताउनुभयो ।