काठमाडौँ, भदौ २० गते । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई उत्प्रेरित गर्न वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने भएको छ । त्यसका लागि ५० हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको घोषणा आज औपचारिक कार्यक्रममार्फत गरेको छ भने थप सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको जनाएको छ । रेक्जोनले संकलित रकमको ब्याज […]
काठमाडौँ, भदौ १७ गते । जापानबाट पहिलो चरणको राहत सामग्री आज आइपुगेको छ । जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो । उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण […]
काठमाडौं, भदौ १७ गते । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपियाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड […]
काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ । नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे हाे । […]
काठमाडौं, भदौ १७ गते। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका […]
सिन्धुपाल्चोक, साउन १७ गते । साउन १० गते आएको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन सिन्धुपाल्चोकवासीका परिवारलाई स्थानीय तहले नगद राहत दिने घोषणा गरेका छन्। बाह्रबिसे नगरपालिकाले आफ्ना नगरवासीको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका प्रतिपरिवारलाई एक लाख १५ हजार रुपियाँका दरले नगद राहत प्रदान गर्ने भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। […]
काठमाडौँ, भदौ १७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ३५, आलु […]
काठमाडौँ, भदौ १७ गते । जलविद्युत् आयोजनामा भएको ठुलो क्षतिले भोटेकोशी बाढीको आर्थिक असर बिमाक्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ । बाढीपछि निर्जीवन बिमा कम्पनीमा परेको प्रारम्भिक दाबी २५ अर्ब ८७ करोड रुपियाँ नाघेको छ, जसको करिब २० अर्ब ५० करोड रुपियाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत मात्रै परेको छ । दर्जनौँ जलविद्युत् आयोजना […]
सिँजा (जुम्ला), भदौ १६ गते । भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ । रसुवामा आएको बाढीपहिरोले ठुलो जनधनको क्षति पुर्याउनुका साथै विभिन्न स्थानमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा […]
काठमाडौँ, भदौ १६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले विपत् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ । सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपत्को समयमा बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने गतिविधि कुनै पनि […]