काठमाडाैं, असाेज ३० गते । कागेश्वरी मनोहरा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी वृत्त बौद्धलाई साढे १४ लाख रुपैयाँभन्दा बढी मूल्यका सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। नगरप्रमुख उपेन्द्र कार्कीले ७७ वटा ठूला र ४० वटा साना प्लास्टिक सफ्ट ब्यारियर (सडक डिभाइडर) प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक मदनजित […]
बागलुङ, असोज २९ गते । सशस्त्र प्रहरी बलले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विपद् प्रभावितका लागि प्राप्त १८ प्रकारका खाद्य सामग्री समावेश गरिएका १५ कार्टुन राहत सामग्री बुधबार गाउँपालिकाका १५ पीडित परिवारलाई वितरण गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङका गुल्मपति सशस्त्र […]
हुम्ला, असोज २९ गते । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा स्याउ टिप्न सुरु गरिएको छ । बोटमा फलेको स्याउको रसिलोपन र परिपक्वता मेसिनबाट परीक्षण गर्दा टिप्न योग्य देखिएपछि किसानले बगैँचाबाट स्याउ टिप्न थालेका हुन् । सिमकोट गाउँपालिका–५ का मानविर रोकायाले कृषि प्राविधिकको सल्लाहअनुसार बोटबाट स्याउ टिप्न सुरु गरेको बताउनुभयो । उहाँले ५३ बोटको स्याउ बगैँचा […]
हेटौँडा, असोज २९ गते । मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलनमा वृद्ध भएको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३१ लाख ९२ हजार लिटर दुध सङ्कलन भएको थियो भने आव २०८२/८३ मा बढेर ४९ लाख १२ हजार ६१६ लिटर पुगेको हो । गाउँपालिकाले आव २०८२/८३ मा सात […]
काठमाडौँ, असोज २९ गते । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सडक यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना अगाडि बढाइएको छ । सरकारले यस परियोजनालाई अगाडि बढाउन ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिकसमेत गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग […]
मुस्ताङ, असोज २८ गते । प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ । कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैँंका बेला हिमाली च्याङ्ग्रा बजार झार्ने परम्पराले धानेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी निरज थकालीले प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको […]
वासुलिङ (बैतडी) असोज २८ गते । बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । दुर्घटनामा परेका घाइतेको आकस्मिक उपचार सहज बनाउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभा बैठकमा चालु आव २०८३/८४ को बजेट […]
चितवन, असोज २६ गते । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरू मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरू मर्मत, ढलेका […]
काठमाडौँ, असोज २६ गते । प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको खर्च र आम्दानीको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । जस अनुसार वर्तमान संविधान कार्यान्वयन भएयता आव २०७३/७४ देखि सरकारले प्रत्येक वर्ष सोही दिन संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै आएको छ । चालु आव २०८३/८४ का लागि पनि […]
ललितपुर, असोज २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल विज्ञापन सङ्घ (आन) द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री डा. तिमिल्सिनाले विज्ञापन बजारको विकासका लागि विज्ञापन क्षेत्रका […]