लामो सङ्घर्षपछि पाए श्रमिकले भुक्तानी

काठमाडौँ, कात्तिक ११ गते । एभरेस्ट पेपर मिल प्रालिमा कार्यरत श्रमिकले लामो समयको कानुनी तथा प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधाबापतको कुल छ करोड ३६ लाख ६२ हजार ८०३ रुपियाँ भुक्तानी प्राप्त गरेका छन् । उक्त मिलमा कार्यरत १७४ श्रमिकले लामो कानुनी लडाइँपछि उक्त रकम भुक्तानी पाउन सफल भएका हुन् । उद्योग प्रशासन र श्रमिकबिच विवाद बढेपछि […]

तिहारमा बाउन्न लाख माला चाहिने, ८९ प्रतिशत स्वदेशी उत्पादन

काठमाडौँ, कात्तिक ११ गते । यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला बढी खपत हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा ४८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ५१ लाख ८० हजार गोटा फूलका माला खपत हुने छ । […]

जुद्ध वारुण यन्त्र प्रदर्शनीमा राख्ने तयारी

काठमाडौँ, कात्तिक ११ गते । अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्‍याङ । हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय नौ वर्ष पुरानो, नेपालको पहिलो दमकल हो । नेपालको एउटा जुगको इतिहास बोकेको सो दमकललाई यताउति सार्न मानिसको साहरा चाहिन्छ । मङ्गलबार त्यसै गरी अन्यत्र सार्न अर्को सवारीले […]

ग्यास बेच्दा भ्याट बिल अनिवार्य

काठमाडौँ,  कात्तिक १० गते । नेपाल आयल निगमले एलपी ग्यास बेच्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबीजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको […]

बाढीपछि तङग्रिँदै मनास्लु क्षेत्र

सुलीकोट (गोरखा), कात्तिक १० गते ।  बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र सडकमा क्षति पु–याएपछि सुनसान बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बाढीले क्षति पु–याएका सडक तथा पदमार्ग मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएपछि मनास्लु क्षेत्रको पर्यटन गतिविधि पुनः लयमा फर्किन थालेको हो । मनास्लु पदमार्गको प्रवेशस्थल जगतका होटेल व्यवसायी गणेश कार्कीका […]

लुला चौथो पटक राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ, कात्तिक १० गते । ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताउनुभएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । लुलाको विजयले […]

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिनुभयो । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर […]

प्रधानमन्त्री शाहद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन

काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उहाँले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम […]

बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौँ, कात्तिक ९ गते । नेपाल जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना छ । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार […]

कागेश्वरी मनोहराद्वारा प्रहरी वृत्त बौद्धलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

काठमाडाैं, असाेज ३० गते । कागेश्वरी मनोहरा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी वृत्त बौद्धलाई साढे १४ लाख रुपैयाँभन्दा बढी मूल्यका सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। नगरप्रमुख उपेन्द्र कार्कीले ७७ वटा ठूला र ४० वटा साना प्लास्टिक सफ्ट ब्यारियर (सडक डिभाइडर) प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक मदनजित […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ