मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

काठमाडौँ, साउन २  गते । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका  विनोद पराजुलीले  आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै  यहाँका  नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गर्नुभएको छ । उहाँका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास […]

कार्यस्थलमा आधारित र प्रशिक्षार्थी तालिम प्रभावकारी बनाइने

काठमाडौँ, साउन १ गते । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम तथा प्रशिक्षार्थी (अप्रेन्टिससिप) कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ । सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्धन दशक’ घोषणा गरेको बिहीबार मन्त्रालयमा आयोजित सरोकारवालाबिच भएको छलफलमा श्रम तथा अन्तरिक रोजगार व्यवस्थापनका सम्बन्धमा नयाँ नीति र सोचसहितका कार्ययोजना […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, साउन  १ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २१, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४५, आलु […]

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर, साउन १  गते । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा […]

देशभर वर्षा, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ, साउन १ गते ।  देशभर मनसुन वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको […]

बुधबारदेखि भरी सिलिन्डरका ग्यास

काठमाडौँ, असार ३१ गते । अब बजारमा उपभोक्ताले भरी तौल भएका ग्यास सिलिन्डर खरिद गर्न पाउने छन् । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर (१४.२ केजी) को ग्यास बिक्री गर्ने निर्णय गरेको जनाएको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्रीवितरण गर्दै आएको थियो । निगमले  विज्ञप्ति जारी गरी बुधबारदेखि मुलुकभरि […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार ३१ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६३ पैसा र बिक्रीदर १५४ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ १५ पैसा र बिक्रीदर १७५ रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, असार ३१ गते ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा […]

सतर्क भएर मात्र यात्रा गर्न तनहुँ प्रशासनको आग्रह

तनहुँ, असार ३० गते ।  लगातारको वर्षासँगै तनहुँका नदी किनार र सडकखण्ड जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाका आधारमा जिल्लाभित्र बग्ने मर्स्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकीलगायत साना–ठूला नदी […]

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा,  असार २९ गते ।   ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल