काठमाडौँ, वैशाख ८ गते । चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्नुभएको […]
कास्की, वैशाख ८ गते । कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल […]
दुल्लु (दैलेख), वैशाख ७ गते । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दैलेखको नौमुलेमा कर्णाली लोकनृत्य तथा सांस्कृतिक सम्मिलन सम्पन्न भएको छ । कार्यक्रम शुक्रबारदेखि सुरु भई विधिवत रूपमा सम्पन्न भएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने […]
मस्को (रसिया), चैत ३० गते । नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा […]
काठमाडौँ, चैत ३० गते । नयाँ वर्षलाई लक्ष्य गरी प्रदर्शन गरिएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको छ । वितरक गोविन्द शाहीले शुक्रबारभन्दा शनिबारको व्यापार अझ बढेको जानकारी दिनुभयो । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग […]
काठमाडौँ, चैत २४ गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र लालीबजारको ‘मिठो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलीजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री रानामगरको स्वर सुन्न सकिन्छ । जयन जे बाइवाको शब्द, सङ्गीत रहेको […]
प्यूठान, चैत २३ गते । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) को ‘उल्टो थपडी’ कविता संग्रह विमोचन भएको छ । कविता संग्रहमा ५५ वटा कविता समावेश छन् । श्रीमान र परिवारको सहयोगले आफुले कविता संग्रह प्रकाशन गर्न सफल भएको कुँवरले बताउनुभयो । उहाँले आफ्नो कृति अध्ययन गरेर सुझाव दिन समेत सबैलाई आग्रह गर्नुभएको छ । कृतिको […]
काठमाडौँ, चैत ८ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रिइभेन्ट अन्तर्गत ‘छोटो चलचित्र उत्सव’ आयोजना गरिएको छ । कार्यक्रममा निफका अघिल्ला संस्करणमा पुरस्कृत छोटा चलचित्रहरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो । कार्यक्रममा निफको तयारी अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, प्रिइभेन्ट […]
काठमाडौँ , चैत ५ गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म धेरै दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रिल्स हेर्ने दर्शकको रोजाइमा परेको छ । […]
काठमाडौँ, फागुन ३० गते । निर्वाचनको कारण हलमा दर्शक पातलिएको बेला अब चैत महिनामा भने हलमा दर्शकले नयाँ नयाँ चलचित्र हेर्न पाउने भएका छन् । चैतमा चार वटा चलचित्र प्रदर्शनमा आउँदै छन् । चैतको दोस्रो साता अर्थात् १३ गते एक मात्र चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन हुँदै छ । उक्त मितिमा अहिलेसम्म अर्को चलचित्र प्रदर्शन […]