काठमाडाैं, असाेज ३० गते । कागेश्वरी मनोहरा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी वृत्त बौद्धलाई साढे १४ लाख रुपैयाँभन्दा बढी मूल्यका सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। नगरप्रमुख उपेन्द्र कार्कीले ७७ वटा ठूला र ४० वटा साना प्लास्टिक सफ्ट ब्यारियर (सडक डिभाइडर) प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक मदनजित […]
ललितपुर, असोज ३० गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्य पदमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मतसहित विजयी हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार महर्जन पाँच हजार ३३० मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभएको हो। त्यसैगरी, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निष्कल राई चार हजार ९५६ मत प्राप्त गरी […]
गुल्मी, असोज २६ गते। गुल्मीको धुर्कोट दरबारमा ऐतिहासिक संग्राहलय निर्माण गरिएको छ । पुर्खाहरूले जीविवकोपार्जनका लागि प्रयोग गर्ने सामग्रीसहितको संग्राहलय निर्माण गरिएको हो । एक कार्यक्रमबिच उक्त संग्राहलयको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गर्नुभयो । संग्राहलयमा एक सयभन्दा बढी ऐतिहासिक सामग्रीहरू राखिएको छ । जसमा मदानी, ठेकी, माटाका खुत्रीकी, हलो, जुवाँ, कोदालो, फरुवा, जोतारा लगायतका […]
रौतहट, असोज १६ गते । वर्षौँदेखि जीर्ण छानामुनि बस्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरस्थित सुकुम्बासी बस्ती (नयाँबस्ती) का बासिन्दा घरमा नयाँ जस्तापाता लाग्न थालेपछि खुसी भएका छन् । २०५० सालको बाढीबाट विस्थापित जिल्लाका बाढीपीडित परिवारलाई पुनर्वासका लागि ताइवान सरकारको सहयोगमा निर्माण गरिएको उक्त बस्तीका घरका छाना जीर्ण भएर वर्षायाममा पानी चुहिने समस्या थियो । चन्द्रपुर […]
गलकोट (बागलुङ), असोज १६ गते । गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन निर्माण भएको पाँच वर्ष मात्रै भएको थियो। तीन रोपनी जग्गामा निर्माण गरिएको भवनको रङसमेत बिग्रिएको थिएन। स्थानीयवासीको सहयोगमा जग्गा खरिद गरी नगरपालिकाको ८० लाख रुपियाँ लागतमा निर्माण गरिएको वडा कार्यालय भवन असोज ११ गते आएको बाढीले दरमखोलामा बगाएको छ। दरमखोलामा आएको बाढीको कटानले […]
वीरगञ्ज (पर्सा), असोज १४ गते । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/२०८४ को बजेट संशोधन गरी २१ करोड रुपियाँ घटाएको छ । बुधबार वीरगञ्ज महानगरपालिकाको २१ औं विशेष नगरसभाले यसअघि असार १० गते सम्पन्न २० औं नगरसभाले ल्याएको बजेटमा संशोधन गरी त्यसमा २१ करोड रुपियाँ घटाएर नयाँ बजेट ल्याएको हो । महानगरका नगर प्रमुख राजेशमान […]
हेटौँडा, असोज १४ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास निर्माणका योजनामा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट प्रयोग गर्ने भएको छ । गाउँपालिकाले हेटौँडा–९ स्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडसँग मंगलबार सम्झौता गर्दै ५० किलोका ५० हजार ६२८ बोरा ओपिसी सिमेन्ट खरिद गर्ने भएको हो । सम्झौताअनुसार गाउँपालिकाले उद्योगलाई तीन करोड ४६ […]
चितवन, असोज १४ गते । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो । ठुला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा […]
गलकोट (बागलुङ), असोज १३ गते । बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ । असोज ११ गते आइतबार निसीखोलामा आएको बाढीले क्षति पुर्याएपछि गाउँपालिकाले नगद राहत उपलब्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका […]
ढल्केबर, असोज १३ गते । निर्वाचन आयोगले पदमुक्त गरेका धनुषाका चार वडाध्यक्षलाई यथास्थितिमा रहेर कामकाज गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आदेशसँगै उनीहरूलाई वडाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न बाटो खुलेको हो । सर्वोच्चको आदेशपछि मिथिला नगरपालिका–२ का बिहारी महतो, शहीदनगर नगरपालिका–८ का तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का जयराम मण्डल र कमला नगरपालिका–५ का शिवा […]