काठमाडौँ, जेठ १९ गते । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिकी सरकार उत्सुक रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएको साराले सोमबार पत्रकारसँगको अन्तर्क्रियामा भन्नुभयो, “नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौँ । त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणका विषयमा विगत दुई दिनदेखि छलफलमा केन्द्रित रह्यौँ ।” […]
काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका सिलसिलामा सोमबार भारतको नयाँदिल्ली पुग्नुभएको छ । भारतीय सत्तारूढ पार्टी भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुग्नुभएका लामिछानेलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले स्वागत गर्नुभएको थियो । नयाँदिल्लीमा […]
काठमाडौँ, जेठ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नुहुने रास्वपाले जनाएको छ । पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति […]
न्युयोर्क, जेठ १८ गते । विश्व फुटबलमा लियोनेल मेसीसँगै यस पुस्ताका सर्वश्रेष्ठ खेलाडी मानिएका क्रिस्टियानो रोनाल्डोलाई आफ्नो सङ्ग्रहमा प्रायः सबै ट्रफी जम्मा गरे पनि विश्वकप ट्रफीले लोभ्याइरहेको छ । ४१ वर्ष पुगेका रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर छ भन्दा फरक पर्दैन । पाँच पटक ‘बालन डी ओर’ जितिसकेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुनुहुन्छ […]
काठमाडौँ, जेठ २ गते । आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार मङ्गोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ । यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी […]
काठमाडौँ, जेठ ४ गते । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो […]
काठमाडौँ, जेठ ३ गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड […]
काठमाडौँ, जेठ १ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ र बिक्रीदर १७९ रुपियाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
काठमाडौँ, वैशाख १४ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ५० पैसा र बिक्रीदर १५१ रुपियाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ३७ पैसा र बिक्रीदर १७७ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]
काठमाडौँ, वैशाख १० गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ७८ पैसा र बिक्रीदर १५० रुपियाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ९१ पैसा र बिक्रीदर १७६ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]