काठमाडौँ, मङ्सिर १६ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ । कर्णाली याक्सका मार्क वाटले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् । […]
जुम्ला, मङ्सिर १४ गते । हिमपातले घर भत्काएपछि घरबारविहीन भएका जुम्लाको गुठीचौर गाउँपालिका–५, फोइगाउँकी बिजमाया जैसीले नयाँ घर पाउनुभएको छ । छ वर्षपहिले हिमपातले घर भत्किएपछि आर्थिक अभावमा घर बनाउन नसकी बर्सौंदेखि टहरामा बस्नुभएको थियो । सानो काठको टहरामा १२ वर्षकी छोरी र १४ वर्षको छोरासँग उहाँले दुःखका दिन कटाउनुभएको थियो । अहिले उहाँको आफ्नै […]
काठमाडौँ ,मङ्सिर १२ गते बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीद्वारा संयुक्त रूपमा नगरपालिका क्षेत्रभित्रका विभिन्न खानेपानी आयोजनाहरूको विस्तृत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। मन्त्रीले नगरपालिका भित्र सञ्चालनरत प्रमुख आयोजना—डाँछी–भद्रबास खानेपानी आयोजना, मुलपानी खानेपानी, गोठाटार खानेपानी तथा काँडाघारी खानेपानी—का संरचना, निर्माण प्रगति तथा सेवा वितरण […]
काठमाडौँ ,मंसिर ८ गते। कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतको कागेश्वरी मनोहरा नगर अस्पतालले पदपूर्तिसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। अस्पतालले मिति २०८२/०७/२० मा प्रकाशित सूचनाअनुसार पदपूर्तिका लागि सिफारिस हुने उम्मेदवारहरूको छनोट प्रक्रियामा प्रयोग हुने मूल्यांकनका आधारहरू अस्पतालको आधिकारिक वेबसाइटमा प्रकाशन गरिएको जानकारी गराएको हो। अस्पतालले वेबसाइट hospital.kageshworimanoharamun.gov.np मा मिति २०८२/०८/०८मा अपलोड गरिएको विवरण हेरी पदपूर्ति प्रक्रियाबारे […]
बर्दिबास, मङ्सिर ८ गते । ‘बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तव्य’ भन्ने मूल नाराका साथ बर्दिबास नगरपालिका–७ बालविवाहमुक्त वडा घोषित भएको छ । वडाको प्रेमनगरस्थित शिव मन्दिर परिसरमा आयोजित ‘घोषणा सभा–२०८२’ मा सामूहिक हस्ताक्षरसहित साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बालविवाहमुक्त वडा घोषणा गरिएको हो । १४ वटा वडा रहेको बर्दिबास नगरपालिकामा बालविवाहमुक्त घोषणा गर्ने वडाको सङ्ख्या […]
बागलुङ, मङ्सिर ८ गते । बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धामकोे महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ । नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रवर्धनमार्फत पर्यटक भित्र्याउने योजनामार्फत हालै जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको छ । जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापन तथा कालिका कन्ट्रक्सनका विक्रम पाण्डेको लगानीमा झण्डै २० लाख […]
बागलुङ (गलकोट), मसिर ५ गते । निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको रेश जाने सडक छ पटक म्याद थपेपछि कालोपत्र गर्ने तयारी थालिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएको थियो । कोरोना, आर्थिक सङ्कट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक अलपत्र पार्दै आएको […]
टीकापुर, मङ्सिर ४ गते । स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले सबैभन्दा राम्रो काम गरेबापतको पुरस्कार आफैँले लिनुभएको छ । कार्यपालिका बैठकबाट २०८१ फागुन ९ गते कर्मचारी प्रोत्साहन कार्यविधि पारित भएको ठिक दुई महिनापछि अर्थात् गत वैशाख ९ गते नगर कार्यपालिका बैठकबाट उहाँले सो […]
काठमाडौँ, मङ्सिर १ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदाको सहर ललितपुर महानगरको नगर प्रहरीले सम्पदा संरक्षणदेखि विपद्मा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ललितपुर महानगरको सेवा प्रवाहको सन्दर्भमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्यदृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महानगर प्रमुख महर्जनले नगर प्रहरीले महानगरले मूर्त/अमूर्त सम्पदाको संरक्षणका लागि सरसफाइदेखि जात्रा, पर्वमा शान्तिपूर्ण व्यवस्थापनमा […]
ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाममा स्थानीय बिदा दिएको छ । याक्थुङ लिम्बूको चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा नगरपालिकाले सोमबार स्थानीय बिदा दिएको हो । फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्दै चासोक तङ्नामको अवसरमा सोमबार एकदिन बिदा दिएको उल्लेख गर्नुभएको छ । पौडेलका अनुसार […]