सुनवल रोजगार शाखाद्वारा ७७ जनालाई रोजगार

नवलपरासी पश्चिम, असार २१ गते ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको छ । नगरपालिकाको १३ वटा वडाबाट ३०५ सूचिकृत वेरोजगारमध्ये ७७ जनालाई सय दिनको रोजगारमा संलग्न गरिएको हो । त्यस्तै, वडा नम्बर ११ र […]

इन्धनमा दुई करोडभन्दा बढी खर्च

कालीकोट, असार १९ गते । कालीकोट जिल्लाका नौ स्थानीय तहको इन्धनमा एक वर्षमा दुई करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको इन्धन खर्च मात्र ४८ लाख ५१ हजार २३२ रुपियाँ छ । सान्नीत्रिवेणी गाउँपालिकाले विभिन्न सवारीसाधन खरिदमा ३४ लाख ५० हजार १५० रुपियाँ खर्च गरेको छ । यो सवारीसाधन खरिदको कुनै पनि प्रमाण राखिएको छैन । सम्पत्ति […]

पाँचखालवासीलाई निःशुल्क रगत

काभ्रेपलाञ्चोक,  असार १८ गते । पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने  व्यवस्था गरेको छ ।  नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाउने भएका हुन् । “पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण  ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । सम्झौता अनुसार रेडक्रसले निःशुल्क […]

विकास र रोजगारी प्राथमिकतामा

काठमाडौँ, असार १२ गते । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७५३ स्थानीय तहमध्ये ७१४ स्थानीय तहले गाउँ र नगर सभामा पेस गरेका बजेटमा विभिन्न प्राथमिकता निर्धारण गरेका छन् । दुर्गम क्षेत्रका स्थानीय तहले अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् भने ठुला स्थानीय तहले भने भौतिक पूर्वाधारका साथै सिप विकास, […]

दाङका दस स्थानीय तहले ल्याए नौ अर्बभन्दा बढि बजेट, कुन पालिकामा कति

दाङ, असार ११ गते । दाङको दस स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नौ अर्बभन्दा बढि बजेट विनियोजन गरेका छन् । दुई उपमहानगरपालिका र एक नगरपालिकासहित ७ पालिकामध्ये सबैभन्दा बढि घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोडको बजेट ल्याएको छ भने सबै भन्दा कम दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख बजेट ल्याएको छ । […]

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख

म्याग्दी, असार ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । मङ्गलबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न भएको गाउँसभाको २१ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले ६० करोड ७६ लाख दुई हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका […]

गौर नगरपालिकाको बजेट ६१ करोड १५ लाख

गौर, असार १० गते ।  गौर नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको छ । गौर नगरपालिकाको १६ औँ नगरसभाको अधिवेशनमा नगरप्रमुख शम्भु साहले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमअन्तर्गत रोजगारी सिर्जना एवम् उद्यमशिलता प्रवर्धनमा जोड दिनुभएको छ । उहाँले सबै किसिमको विभेद र असमानता अन्त्य, वातावरणमैत्री विकासमा जोड, […]

प्राथमिकताबिनाका योजना लथालिङ्ग

रुकुमपश्चिम, असार ८ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ मा निर्माणाधीन ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन तीन वर्षदेखि अलपत्र छ । कर्णाली प्रदेशले सुरुमा दिएको अपूरो बजेट र त्यसयता भएको बेवास्ताको कारण भवन लथालिङ्ग बनेको छ । मुसीकोट नगरपालिका–१ को कैलदेउ हुँदै माथिल्लो छिङगाउँ जोड्ने सडक विवादित छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी र योजनाको प्राथमिकता […]

दरबन्दी मिलानपछि सामुदायिक विद्यालयमा आकर्षण

कञ्चनपुर, असार ६ गते ।  कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दरबन्दी मिलान गरिएपछि सो पालिकास्थित सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो । स्थानीय तहको निर्वाचनपछि २०७८ साउनमा भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयहरूमा दरबन्दी मिलान गरेको थियो । सामुदायिक विद्यालयहरूको दरबन्दी मिलान, विद्यालय समायोजन र विद्यालय कक्षा कोठाको सिकाइ वातावरणमा […]

नगरको आम्दानी उपभोगमै खर्च

टीकापुर, असार ३ गते ।  सुदूरपश्चिमस्थित भजनी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को पूरै आन्तरिक आय खाना, खाजा, पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको पाइएको छ । कैलालीको पुरानो सदरमुकाम भनेर चिनिने भजनी नगरपालिकाले एक वर्षमा एक करोड ९४ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानी गरेकामा ५० लाख ७३ हजार रुपियाँ खाना र खाजामा खर्च गरेको छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल