दैलेख, माघ १८ गते । लोकप्रियताका नाममा स्थानीय सरकारका जनप्रतिनिधिले आफूखुसी नीति तथा कार्यक्रम निर्माण गर्ने र बजेट खर्च गर्ने समस्याले स्थानीय तहमा आर्थिक व्ययभार बढाउने गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आउने राजस्व बाँडफाट, अनुदान रकमलाई विकास निर्माणभन्दा पनि लोकप्रियताका नाममा […]
फिदिम, माघ १८ गते । फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा अन्दाजी ५५/६० वर्षीय आर्यन मुलको जस्तो देखिने मानिसको शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका […]
बनियानी (झापा), माघ १५ गते । जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो । बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ […]
काठमाडौँ, माघ १५ गते । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८, गरामनीका पारसप्रकाश पौडेल रातभरि जागै बसेर केराको बगैँचा रुँघ्नुहुन्छ । सात लाख रुपियाँभन्दा बढी लगानी गरेर थालेको व्यावसायिक केरा खेती हात्तीले ध्वस्त पार्न थालेपछि उहाँको बास केराको बगैँचामै हुने गरेको हो । उहाँका अनुसार साँझ परेपछि चार/पाँच वटासम्म हात्ती गाउँ पसेर कृषकले लगाएको बाली नष्ट गर्छन् । […]
काठमाडौँ, माघ १२ गते । सेवाग्राहीको सहयोगका लागि सरकारी कार्यालयहरूमा स्थापना गर्नुपर्ने सहायता कक्ष अधिकांश सरकारी कार्यालयमा नरहेको पाइएको छ । सहायता कक्ष राखिएका कार्यालयमा पनि कर्मचारी नै बस्दैनन् । कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरू कुन कोठामा कसलाई भेट्ने भन्ने अन्योलमा पर्छन् । यस्तो अलमलले कतिपय सेवाग्राहीलाई थप पीडा पुग्ने गर्छ । सम्बन्धित अधिकारी नभेट्दा […]
काठमाडौं ,माघ ८ गते। शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा ‘शंखरापुर सक्व महोत्सव २०८१’ आयोजना हुने भएको छ । शंखरापुर नगरका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ । उहाँका अनुसार, महोत्सवको […]
जाजरकोट, माघ ६ गते । यहाँको छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले आफूले पाउने सेवा सुविधा गरिब, विपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाइ खर्चमा लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनमा छेडागाड नगरपालिकाको प्रमुखको जिम्मेवारीमा आएपछि पदभार ग्रहणका क्रममा घोषणा गरे अनुसार आफूले पाउने सेवासुविधा विपन्न र जेहेनदार बालबालिकाको पढाइमा खर्च गर्नुभएको हो । खड्काले नगरपालिकाका प्रमुखले पाउने […]
नवलपुर (नवलपरासी), माघ २ गते । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको […]
सल्यान, पुस १२ गते । यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह बढेपछि अन्त्यका लागि रणनीति बनाउन लागेको स्थानीय तहले जनाएका छन् । १० स्थानीय तहमध्ये जिल्लमा तीन वटाले यही पुस १५ भित्र रणनीतिक योजना बनाइसक्ने […]
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक व्यवस्था छ । नेपालको राज्यशक्तिको प्रयोग यिनै तीन तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान छ । संविधानको अनुसूची–८ र ९ मा उल्लिखित विषय क्रमशः स्थानीय तहको एकल अधिकार तथा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसार राज्यशक्तिको बाँडफाँट गरिएको […]