alliance khabar

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौँ, असोज ३० गते।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, पूर्वअध्यक्ष खिलानाथ दाहाल र केन्द्रीय सदस्य सीतादेवी काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँहरु नेपाली कांग्रेसको श्रमिक क्लस्टरतर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । कांग्रेसको विधान अनुसार श्रमिक क्लस्टरतर्फ खुला दुई र महिला एक गरि ३ पदको व्यवस्था छ । उक्त तीन पदका लागि ९ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

श्रमिक आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष, दाहाल पुर्व अध्यक्ष र काफ्ले ट्रेड युनियन कांग्रेसमा केन्द्रीय सदस्य हुनुहुन्छ ।

ट्रेड युनियन कांग्रेसले विगत लामो समयदेखि पार्टी र नीति निर्माण तहमा श्रमिक प्रतिनिधित्व मुद्दालाई उठाउदै आएको थियो । कांग्रेसको विशेष महाधिवेशनबाट संशोधित विधानमा वडादेखी केन्द्रसम्मै श्रमिक प्रतिनिधित्वको सुनिश्चित गरेकोछ।

उहाँहरु निर्वाचित हुनुले पार्टीभित्र श्रमिकको प्रतिनिधित्व र श्रमिकका मुद्दालाई थप सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ