काठमाडौँ, असोज २९ गते । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सडक यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना अगाडि बढाइएको छ । सरकारले यस परियोजनालाई अगाडि बढाउन ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिकसमेत गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग […]
बनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्ने व्रmममा काभ्रेतर्फ ७४ प्रतिशत र भक्तपुरतर्फ ५४ प्रतिशत भौतिक प्रगति भएको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले निर्माण व्यवसायीलाई […]
म्याग्दी (बेनी), असोज २० गते । गत हप्ता परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड मर्मत तथा पुनर्निर्माणका लागि सोमबार ड्रोनमार्फत आवश्यक इन्धन ढुवानी गरिएको छ। मानिसले बोकेर लैजानसमेत पैदलमार्ग नभएपछि नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरी सडक निर्माणको कामलाई तीव्रता दिइएको हो। असोज ११ गते कालिगण्डकी नदीमा […]
बागलुङ, असोज २० गते । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुलमा क्षति पुर्याएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाटको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बाढीले बागलुङ नगरपालिका–४ ढोडेनीदेखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने झोलुङ्गे पुलसमेत बगाएपछि बागलुङ नगरपालिका–१ निरयघाटदेखि पर्वतको खनियाघाट जोड्ने […]
काठमाडौँ, असोज ५ गते । विद्युतकाे प्रयोग बढाएर खपत बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको सातौँ महाधिवेशमा आइतबार सहभागीले मुलुकभर विद्युत्को पहुँच ९९ प्रतिशत पुगिसकेकाले खपत बढाउनुपर्ने बताउनुभएको हो । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले देशलाई पूर्ण विद्युतीकरणतर्फ लैजान समुदाय र उपभोक्ता समितिको ठुलो योगदान रहेको बताउनुभयो । विद्युत् […]
काठमाडौँ, असोज ५ गते । भोटेकोशी बाढीले क्षतविक्षत पारेको सडक सम्पर्कलाई आगामी दसैँअघि नै पुनर्स्थापित गर्न सडक विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढाएका छन् । दसैँको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दसैँअघि […]
चितवन, असोज १ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडकखण्ड चार लेनमा विस्तार हुने भएको छ । सडक विस्तारका लागि सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले भदौ १९ गते विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । हेटौँडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको ७० किलोमिटर सडक तीन प्याकेजमा स्तरोन्नति गर्न लागिएको हो । एडीबीको सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा […]
काठमाडौँ, भदौ ३० गते । नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन […]
काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। यातायात आवागमन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम केही बेरअघि सम्पन्न गरेको हो। सेनाको टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान कार्य […]
काठमाडौं, भदौ १७ गते । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्णरुपमा नेटवर्क पहुँच कायम गरेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर रुपमा वाढी […]