भोटेकोशी बाढीपीडितका लागि ट्रेड युनियन कांग्रेसलाई १७ हजार सहयोग

काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीपीडितको उद्धार राहत तथा पुनःस्थापनाका लागि नेपाल इम्ब्रोइडरी, हेन्डिक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघले रु १७ हजार  सहयोग गरेको छ। संघकी कार्यवाहक अध्यक्ष सीता कार्की ले बुधबार नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरलाई ट्रेड युनियन कांग्रेसको कार्यालयमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो। बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग […]

चारित्रिक प्रमाणपत्रको प्रक्रिया सरल बनाउन आग्रह

काठमाडौँ, भदौ ९ गते  । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) सम्बन्धी विद्यमान दोहोरो प्रक्रियालाई सरल बनाउन आग्रह गर्नुभएको छ । सोमबार मन्त्री यादव र नेपालका लागि (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल सामसीबिच भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो । […]

मलेसिया श्रमिक पठाउन सिन्डिकेट

काठमाडौँ, भदौ ८ गते । मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले आइतबार मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने […]

श्रमिकलाई डेढ करोड पारिश्रमिक भुक्तानी गराइयो

काठमाडौँ, भदौ ३ गते  । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो एक महिनामा करिब डेढ करोड रुपियाँ बराबरको रकम श्रमिकको पारिश्रमिकबापत भुक्तानी गर्न सफल भएको छ । विभागको सक्रियतामा गएको साउनमा विभिन्न रोजगारदाता कम्पनी र प्रतिष्ठानमा आएका उजुरीका आधारमा श्रमिकलाई एक करोड ४० लाख ५२ हजार ८१५ बराबरको पारिश्रमिक भुक्तानी गराएको हो । विभागका महानिर्देशक […]

भोलिदेखि वैदेशिक रोजगार व्यवसाय पूर्ण रूपमा ठप्प पार्ने व्यवसायी सङ्घको घोषणा

काठमाडौँ,  साउन ३१ गते। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भदौ १ गते अर्थात भोलिदेखि देशभरका आफ्ना मुख्य तथा शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम-कारोबार तथा श्रमिकको उडान ठप्प पार्ने घोषणा गरेको छ । ​सङ्घका महासचिव हिरा बहादुर डाँगी (हरि) द्वारा जारी विज्ञप्ति अनुसार, गत साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको […]

मागभन्दा सात गुणा बढी आवेदन

काठमाडौँ, साउन २६ गते । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा साढे सात गुणाभन्दा बढीको आवेदन परेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सन् २०२६ मा इपिएसमार्फत दक्षिण कोरियाको रोजगारीमा सात हजार दुई जनाका लागि आवेदन माग गरेकोमा ७६ हजार १७२ जनाको […]

सरकार र अनशनरत नर्सबिच १९ बुँदे सहमति

काठमाडौँ, साउन २० गते ।  अनशनरत नर्स ज्योति रानाभाट र सरकारबिच सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अनशनरत नर्स रानाभाटबिच बुधबार भएको वार्तापछि १९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदीले सहमतिपत्रमा […]

इजरायल थप श्रमिक लैजान इच्छुक

काठमाडौँ, असार ३१ गते ।  कृषि तथा हेरचाहका क्षेत्रमा थप नेपाली कामदार लैजान इजरायलले इच्छा देखाएको छ । अहिले संस्थागत रूपमा लैजाने गरेकोमा अब व्यक्तिगत रूपमै त्यस्ता कामका लागि नेपाली श्रमिक लैजाने चाहना रहेको नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठसँग मङ्गलबार भेट गर्दै उहाँले […]

उजुरी समाधान नगरे नवीकरण नहुने

काठमाडौँ, असार २५ गते । वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको इजाजतपत्र नवीकरण नगर्ने नीति लिएको जनाएको छ । विभागले अब प्रमाण पुगेका उजुरी फस्र्योट नगरेसम्म सम्बन्धित म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण नगर्ने नीति कार्यान्वयनमा ल्याएको हो । विभागले यसअघि नै सूचनामार्फत सबै इजाजतपत्र प्राप्त […]

रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

काभ्रेपलाञ्चोक, असार  १९  गते ।  यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ