सुलीकोट (गोरखा), भदौ १८ गते । गोरखाको पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीपहिरोमा परी पालुङटार नगरपालिकाका गोसाइँकुण्ड तीर्थयात्री केही बेपत्ता तथा केहीको शव फेला परी दाहसंस्कारसमेत भइसकेपछि नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार गत साउन १० गते रसुवाको भोटेकोशी […]
हिले, भदौ १८ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपियाँसहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपदबाट प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय […]
काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ । नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे हाे । […]
काठमाडौं, भदौ १७ गते। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका […]
सिन्धुपाल्चोक, साउन १७ गते । साउन १० गते आएको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन सिन्धुपाल्चोकवासीका परिवारलाई स्थानीय तहले नगद राहत दिने घोषणा गरेका छन्। बाह्रबिसे नगरपालिकाले आफ्ना नगरवासीको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका प्रतिपरिवारलाई एक लाख १५ हजार रुपियाँका दरले नगद राहत प्रदान गर्ने भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। […]
काठमाडौं , भदौ १६गते। रसुवा स्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित दुई जना विद्यार्थीको अध्ययनको सम्पूर्ण जिम्मेवारी बुढानीलकण्ठ नगरपालिकाले लिएको छ। नगरपालिकाले आफ्नो पूर्वघोषणाअनुसार ती विद्यार्थीलाई नगरपालिकाभित्रका विद्यालयमा भर्ना गराएको हो। विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् र उनीहरूको शैक्षिक भविष्यमा अवरोध नआओस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक शैक्षिक सहयोगसहित अध्ययनको जिम्मेवारी लिएको जनाएको छ। बाढीका कारण […]
दमक, भदौ १५ गते । दमक नगरपालिकाले बाढीपीडितको राहतका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिकाको आपत्कालीन बैठकले उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । नगरप्रमुख रामकुमार थापाका अनुसार उक्त राहत रकमका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकले योगदान गर्ने छन् । नगरपालिकाको स्थानीय दैवीप्रकोप कोषमार्फत सहयोग गरिने […]
काठमाडौं, भदौ १३गते। रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको ९३औँ आकस्मिक बैठकले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भदौ १० […]
सल्यान, भदौ १३ गते । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि एक लाख ५० हजार रुपियाँ […]
अर्घाखाँची, भदौ १० गते । सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशीमा गएको बाढीबाट भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनः स्थापनाका लागि कर्मचारीले एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय […]