बेनी (म्याग्दी), असोज २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । असोजको दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले कुण्डमा हिलो, बालुवा र गेग्रान थुपारेपछि बन्द भएको स्नान सेवा स्थानीयवासी, युवा क्लब, आमा समूह तथा सुरक्षाकर्मीको श्रमदानबाट सरसफाइ गरी बुधबारदेखि पुनः […]
फुङलिङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा विकट हिमाली बस्तीमा पुगेर पशुको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको छ । पशुपालकलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले समुद्र सतहबाट चार हजार २०० मिटर उचाइसम्म पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकले समुद्र सतहबाट चार हजार […]
वासुलिङ (बैतडी) असोज २८ गते । बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । दुर्घटनामा परेका घाइतेको आकस्मिक उपचार सहज बनाउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभा बैठकमा चालु आव २०८३/८४ को बजेट […]
लेखनाथ, असोज २६ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा पूर्वाधार थप गरिएको छ । विगतमा १० शय्याको सघन उपचार कक्ष (आइसियु) चलाइरहेको अस्पतालमा आइतबारबाट २५ शय्या थप भएको हो । अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष ३५ शय्याको बनेको छ । अस्पतालमा १६ शय्याको आइसियु, एक शय्याको आइसोलेसन आइसियु र आठ […]
फिदिम, असोज १९ गते । पाँचथर जिल्लाका बालबालिकालाई पहिलो पटक स्वर्णबिन्दु प्राशन गराउन थालिएको छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार सुनको भस्मलाई घिउ र महमा घोलेर तयार पारिएको घोललाई स्वर्णबिन्दु भनिन्छ। यसको प्राशन गराउँदा बालबालिकाको सामाजिक, मानसिक, शारीरिक तथा बौद्धिक विकासमा प्रभावकारी हुने चिकित्सकहरू बताउँछन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँचथरले सोमबार बिहानैदेखि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई […]
शारदा (सल्यान), असोज १२ गते । सल्यानका विभिन्न पालिकामा फैलिएको स्क्रब टाइफस रोगबाट ३५५ जना संक्रमित भएका छन्। विशेषगरी दार्मा गाउँपालिकामा आक्रामक रूपमा फैलिएको यस रोगबाट जिल्लाका छ पालिकाका नागरिक संक्रमित भएका छन्। स्क्रब टाइफसकै जटिलताका कारण दार्मा गाउँपालिकाका आठ जनाले ज्यान गुमाएका छन्। संक्रमणको जानकारी पाएलगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश […]
गलकोट (बागलुङ), असोज ५ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलोपटक टन्सिलेक्टोमीको सफल शल्यक्रिया गरिएको छ। पर्वतको जलजला गाउँपालिका–३ निवासी ३७ वर्षीया महिलामा पटक–पटक टन्सिलाइटिस हुने समस्या देखिएपछि आधुनिक बाइपोलार डाइथर्मी प्रविधिबाट टन्सिलेक्टोमी गरिएको कन्सल्टेन्ट ईएनटी सर्जन डा. शरद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार पटक–पटक टन्सिलाइटिस हुने, टन्सिल ठुलो भएर सास फेर्न वा खाना निल्न […]
बर्दिबास, भदौ १८ गते । महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रमा दुई सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ। भौगोलिक विकटता, निरन्तरको वर्षा, बाढी तथा पहिरोका कारण समयमै स्वास्थ्य सेवा र औषधि नपाउँदा चुरे क्षेत्रका सयौँ परिवार प्रभावित भएका छन्। चुरेका प्रभावित बस्तीबाट उपचारका लागि करिब ३० किलोमिटर टाढा रहेको बर्दिबास पुग्नुपर्ने बाध्यता छ। यो दूरीमध्ये […]
नवलपुर, भदौ १० गते । चालु आर्थिक वर्षको एक महिनामा नवलपुरमा १७३ जनालाई सर्पले डसेको छ। जिल्लामा एक महिनामा सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ८३ जना र कावासोती नगरपालिकामा ८१ जनालाई सर्पले डसेको प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो। त्यस्तै, देवचुलीमा सात तथा बौदीकाली र बुलिङटारमा एक–एक जनालाई सर्पले डसेको छ। तीमध्ये नौ […]
गलकोट (बागलुङ), भदौ ९ गते । बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको हो। दुई महिनाको अवधिमा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६४६ पुगेको छ। बागलुङ नगरपालिकामा मात्रै सबैभन्दा धेरै डेङ्गु सङ्क्रमण देखिएको छ। जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिकामा ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो तथ्याङ्क […]