बर्दिबास, भदौ १८ गते । महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रमा दुई सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ। भौगोलिक विकटता, निरन्तरको वर्षा, बाढी तथा पहिरोका कारण समयमै स्वास्थ्य सेवा र औषधि नपाउँदा चुरे क्षेत्रका सयौँ परिवार प्रभावित भएका छन्। चुरेका प्रभावित बस्तीबाट उपचारका लागि करिब ३० किलोमिटर टाढा रहेको बर्दिबास पुग्नुपर्ने बाध्यता छ। यो दूरीमध्ये […]
नवलपुर, भदौ १० गते । चालु आर्थिक वर्षको एक महिनामा नवलपुरमा १७३ जनालाई सर्पले डसेको छ। जिल्लामा एक महिनामा सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ८३ जना र कावासोती नगरपालिकामा ८१ जनालाई सर्पले डसेको प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो। त्यस्तै, देवचुलीमा सात तथा बौदीकाली र बुलिङटारमा एक–एक जनालाई सर्पले डसेको छ। तीमध्ये नौ […]
गलकोट (बागलुङ), भदौ ९ गते । बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको हो। दुई महिनाको अवधिमा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६४६ पुगेको छ। बागलुङ नगरपालिकामा मात्रै सबैभन्दा धेरै डेङ्गु सङ्क्रमण देखिएको छ। जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिकामा ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो तथ्याङ्क […]
नेपालगन्ज, भदौ ८ गते। इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको भदौ १० गते मनाइने जन्मजयन्तीको अवसर पारेर नेपालगन्जको एक मस्जिदमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा ४०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन्। नेपालगन्ज–२, घरबारी टोलस्थित मक्का मस्जिद व्यवस्थापन समितिले आइतबार मस्जिद परिसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ४०० भन्दा बढी […]
सल्यान, भदौ ७ गते । सल्यानमा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। जिल्लाको दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता देखिएको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको […]
भद्रपुर (झापा), भदौ ४ गते । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस […]
कास्की, साउन ३१ गते । वर्खायामसँगै गण्डकी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणबाट बच्न साउनदेखि कात्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनुपर्ने चिकित्सिक बताउँछन् । यस वर्ष मनसुन भएसँगै डेङ्गु सङ्क्रमित देखिन थालेका छन् । हालसम्म गण्डकी प्रदेशका नौ जिल्लामा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा […]
किन्शासा(कङ्गो), साउन २७ गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो । अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ । […]
ताप्लेजुङ, साउन २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो । गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरिक, स्वस्थ्य मैवाखोला’ […]
सल्यान, साउन २३ गते । सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकले आफ्नै गाउँघरमा विशेषज्ञ आँखा स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकामै निःशुल्क आँखा परीक्षण, शल्यक्रिया तथा चश्मा वितरण गर्ने उद्देश्यले सञ्चालित शिविरको पहिलो दिन शुक्रबार २९० जना नागरिकले सेवा लिएका छन् । कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा वडा नं. ५ स्थित […]