alliance khabar

बिहिबार, आषाढ ११, २०८३

काठमाडौँ, असार ११ गते ।

  ललितपुर महानगरपालिकाले आगाामी आर्थिक वर्षका लागि  सात अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपियाँको बजेट नगर सभामा पेस गरेको छ । महानगरपालिकाले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख, पुँजीगत खर्चतर्फ चार अर्ब २३ करोड ६९ लाख रुपियाँको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको छ ।ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले बुधबार उक्त बजेट नगर सभामा प्रस्तुत गर्नुभएको हो । उक्त बजेटका लागि महानगरपालिकाले सङ्घीय सरकारबाट एक अर्ब ३६ करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ ।

त्यस्तै आन्तरिक स्रोतका रूपमा रहेको आन्तरिक आयबाट तीन अर्ब ३५ करोड ५० लाख, अन्तरसरकारी अख्तियारीबाट एक अर्ब छ करोड २० लाख प्राप्त हुने अनुमान महानगरपालिकाले गरेको छ । आगामी आवका लागि विनियोजन गरिएको उक्त बजेटका लागि नपुग हुने एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले बताउनुभयो ।

चालु आवका लागि भने महानगरपालिकाले सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपियाँको बजेट ल्याएको थियो । आगामी आवका लागि पनि चालु आवकै हाराहारीमा बजेट सभामा पेस गरिएको हो ।

महानगरपालिकाले आगामी आवमा एकल, दलित अपाङ्गता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट दिने, नर्सरी फलफूल खेती तथा तरकारी खेती गर्ने कृषकलाई जग्गा बहाल करमा छुट दिने, विश्व सम्पदा क्षेत्रमा पर्ने सम्पदा क्षेत्रको मापदण्ड परिपालन गरी निर्माण गरिएका घरको सम्पत्ति कर छुटको घोषणा गरेको छ । त्यस्तै निजी क्षेत्रबाट सार्वजनिक सुविधाका लागि पार्किङ व्यवस्थापन सम्बन्धमा नक्सापास दस्तुरमा छुट प्रदान गर्ने नीति महानगरपालिकाले बनाएको छ । बजेट प्रस्तुत गर्नुअघि नगरप्रमुख चिरीबाबु महर्जनले उपप्रमुख शाक्यलाई बजेट पुस्तिका हस्तान्तरण गर्नुभएको थियो । महानगरपालिकाले बजेटसँगै विनियोजन विधेयक र आर्थिक विधेयकसमेत नगर सभामा प्रस्तुत गरेको छ ।

असार ५ गते महानगरपालिकाको नगर सभामा पेस गरेको नीति तथा कार्यक्रममा नगर गौरवका योजना, विद्युत्, सडकबत्ती र सिसिटिभीको व्यवस्थापन, खानेपानी ढल व्यवस्थापन, सहरी व्यवस्थापन र विकास, विपत् जोखिम न्यूनीकरण, सरसफाइ र फोहोरमैला व्यवस्थापनलगायतका विषयलाई प्राथमिकता दिएको छ ।

महानगरपालिकाले यसअगाडि बाँकी रहेका अधुरा पूर्वाधारका योजना पूरा गर्ने सम्पदा संरक्षण र हरियाली प्रवर्धन विपत् जोखिम न्यूनीकरण, महानगरपालिकालाई थप सूचना र प्रविधिमैत्री बनाउनेलगायतका क्षेत्रमा बजेटलाई प्राथमिकता राखेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल