alliance khabar

शनिबार, साउन २३, २०८३

ताप्लेजुङ, साउन २३ गते ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो ।

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरिक, स्वस्थ्य मैवाखोला’ को अवधारणालाई अघि सारेको नीतिको कार्यान्वयनअन्तर्गत विपन्न नागरिकको स्वास्थ्य बिमा पालिकाले गरी दिनेभएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि चालु आवमा ३५ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार विनियोजित बजेटबाट विपन्न नागरिकको स्वास्थ्य बीमा गरिने छ । गाउँपालिकाले यसअघि ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेको थियो ।

यस्तै स्वास्थ्य संस्थामार्फात निःशुल्क उपलब्ध गराइने ९८ प्रकारका औषधी खरिद तथा वितरण गर्न र दीर्घरोगीहरुको उपचारमा सहयोग गर्न पालिकाले ‘अध्यक्ष स्वास्थ्य कोष’ को अवधारणासमेत ल्याएको छ । पालिकाभित्रका स्वास्थ्य स्वास्थ्यमा आवश्यक पर्ने उपकरणको व्यवस्थासहित पालिकावासी नागरिकको स्वास्थ्य सुधारसँग सम्बन्धित क्रियाकलापमा खर्च गर्नेगरी पालिकाले चालु आवमा एक करोड २७ लाख ५३ हजार रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ