कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ, असोज १५ गते । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो । समितिका संयोजक एकराज पोखरेलले कोशी प्रदेशमा एक […]

हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा २५ लाख सहयोग

काठमाडौँ, असोज १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले २५ लाख रुपियाँ सहयोग गरेको हो। फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा […]

‘दसैं–तिहारमा काठमाडौं–धनगढीको हवाइभाडा बढ्नु गलत हो’

काठमाडौं, असोज १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाइँले दसैं–तिहारमा काठमाडौं–धनगढीको हवाइभाडा अचाक्ली बृद्धि हुनु गलत भएको भन्दै सभामुखमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले चाडपर्वमा अचाक्ली हवाइभाडा बढाउन नहुने आग्रह गर्नुभयो । संसद बैठकमा बोल्दै उहाँले भन्नुभयो, “धनगढी–काठमाडौं, काठमाडौं–धनगढीको हवाइभाडा १६ हजार हुनु […]

हिमलुङ हिमपहिरो : थप आठ शव फेला, एक जनाको खोजी जारी

मनाङ, असोज १५ गते ।  मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा पुरिएर सम्पर्कविहीन भएका १६ जनामध्ये १५ जनाको शव फेला परेको छ । उद्धार टोलीले बिहीबार थप आठ जनाको शव निकालेसँगै अब एक जनाको मात्रै शव भेटिन बाँकी रहेको हो । नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को विशेषज्ञ खोज तथा उद्धार […]

मनपरी भाडा नियन्त्रण र क्षतिपूर्ति वृद्धिको प्रस्ताव

काठमाडौँ, असोज १५ गते । आन्तरिक उडानमा मनपरी हवाई भाडा असुल गर्ने तथा यात्रुलाई सङ्कट परेको मौका पारी टिकट बिक्री गर्नेले बढी भाडा लिएमा कसुर कायम गरी सजाय गर्ने प्रस्ताव गरिएको छ । आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो व्यवस्था थप्न संशोधन प्रस्ताव गरिएको छ । राष्ट्रिय सभामा विचाराधीन आन्तरिक वायुसेवाको दायित्व […]

संसद् अधिवेशन अन्त्यको सिफारिस

काठमाडौँ, असोज १५ गते । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ । मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अधिवेशनको आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस भएको बताउनुभयो । असोज १६ गतेदेखि […]

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी,  १५ गते । असोज पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिनुभयो । “कालीगण्डकी नदीको कटान, […]

सम्झौता अवधिभन्दा १० महिना अगावै मोटरेबल पुल निर्माण

रुकुमपश्चिम, असोज १५ गते । रुकुमपश्चिममा सम्झौता अवधि सकिनुभन्दा १० महिना अगावै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–३ र ४ स्थित तिल्चा खोलामा मोटरेबल पुल निर्माण भएको हो। कर्णाली प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएको यो पुल सम्झौता अवधि नसकिँदै निर्माण सम्पन्न भएको हो। अधिकांश विकास निर्माणका काम ठेक्का सम्झौता […]

आईसीयूमा २६ दिनदेखि बेवारिसे बिरामी, परिवार सम्पर्कविहीन

दाङ, असोज १५ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा एक जना बिरामी २६ दिनदेखि बेवारिसे अवस्थामा उपचाररत हुनुहुन्छ। कोहलपुर घर भएका ४१ वर्षीय प्रकाश चौधरी परिवारजन तथा आफन्तको सम्पर्कमा नआएपछि प्रतिष्ठानले आफ्नै व्यवस्थापनमा उहाँको उपचार गरिरहेको अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले जानकारी दिनुभयो। उहाँका अनुसार चौधरी विगत २६ दिनदेखि आईसीयूमा उपचाररत हुनुहुन्छ। उपचारका […]

मेची राजमार्गको राजदुवाली खण्ड दुई दिन बन्द

इलाम, असोज १५ गते । पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडकखण्ड बिहीबार र शुक्रबार बन्द हुने भएको छ। सो सडकखण्डमा मर्मतको काम भइरहेको र थप मर्मतका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने भएकाले असोज १५ र १६ गते बिहानदेखि बेलुकासम्म सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ