alliance khabar

बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ, असोज १५ गते ।

आन्तरिक उडानमा मनपरी हवाई भाडा असुल गर्ने तथा यात्रुलाई सङ्कट परेको मौका पारी टिकट बिक्री गर्नेले बढी भाडा लिएमा कसुर कायम गरी सजाय गर्ने प्रस्ताव गरिएको छ । आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो व्यवस्था थप्न संशोधन प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सभामा विचाराधीन आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा मनपरी भाडा असुल गर्ने तथा यात्रु सङ्कटमा परेको मौका पारी टिकट विक्रेताले भाडा बढी लिएमा कसुर कायम गरी सजाय गर्न सदस्यले प्रस्ताव गरेका छन् । सभाका सदस्य भुवनबहादुर सुनारले ग्राहक टिकट भाडा मनपरी असुल गरेमा १० हजार रुपियाँ जरिबाना तिर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । सभाका सदस्यले दुर्घटनामा यात्रु वा तेस्रो पक्षको मृत्यु भएमा वायुसेवाले क्षतिपूर्तिबापत एकमुस्ट एक लाख ५० हजार अमेरिकी डलर बराबरको नेपाली रुपियाँ मृतकको नजिकको हकवालालाई उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका छन् । मसौदा विधेयकमा भने यस्तो क्षतिपूर्तिको रकम एक लाख अमेरिकी डलर बराबर प्रस्ताव गरिएको छ ।

सभाका सदस्य खम्मबहादुर खातीले यात्रुको ‘ब्यागेजप्रतिको दायित्व’ अन्तर्गत वायुसेवाले जिम्मा लिएको ब्यागेज हराएमा, नष्ट भएमा वा हानिनोक्सानी भएमा प्रतिकिलोग्राम ३० अमेरिकी डलरका दरले अधिकतम सात सय अमेरिकी डलर क्षतिपूर्तिका रूपमा उपलब्ध गराउनुपर्ने संशोधन प्रस्ताव गर्नुभएको छ । मसौदा विधेयकमा भने प्रतिकिलोग्राम २० र अधिकतम पाँच सय अमेरिकी डलर क्षतिपूर्ति प्रस्ताव गरिएको छ ।

उडान रद्द, स्थगित वा विलम्ब भएको अवस्थामा यात्रुलाई वैकल्पिक उडान, टिकटको रकम फिर्ता, आवश्यक परे आवास तथा भोजनसमेतको उचित उपलब्ध गराउनुपर्ने संशोधन प्रस्ताव गरिएको छ । संशोधनकर्ता सदस्य खातीले मूल विधेयकको दफा ३ मा उपदफा थपेर सो व्यवस्था राख्न प्रस्ताव गर्नुभएको छ । सभाका सदस्य भुवनबहादुर सुनार र प्रेमप्रसाद दङ्गालले छुट्टाछुट्टै तर एकल संशोधन प्रस्ताव गर्नुभएको छ । सदस्य खातीसहितका पाँच जना, विष्णुबहादुर विकसहितका तीन तथा मदनकुमारी शाह गरिमासहितका पाँच सदस्यले सामूहिक संशोधन प्रस्ताव गर्नुभएको छ । सो विधेयकमा १५ सदस्यले संशोधन माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ