काठमाडौँ, असोज १८ गते । नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । नेपाल मौसम विज्ञान विभागले शनिबारदेखि पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ । लुम्बिनी र गण्डकी प्रदेशको पश्चिम क्षेत्रबाट पनि धेरै मात्रामा मनसुन बाहिरिएको छ । […]
काठमाडौँ, असोज १६ गते । निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न सक्ने गरी विद्युत् नियमन आयोगले प्रसारण शुल्क निर्धारण गरेको छ । प्रसारण लाइन गणनासम्बन्धी मापदण्डका आधारमा यस्तो शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ । प्रसारण लाइनमा खुला पहुँच स्थापित गराउने नीति अनुसार अयोगले प्राधिकरणमातहतका राष्ट्रिय प्रसारण ग्रिड प्रयोगका लागि शुल्क सार्वजनिक गरेको हो । आयोगका […]
रौतहट, असोज १६ गते । वर्षौँदेखि जीर्ण छानामुनि बस्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरस्थित सुकुम्बासी बस्ती (नयाँबस्ती) का बासिन्दा घरमा नयाँ जस्तापाता लाग्न थालेपछि खुसी भएका छन् । २०५० सालको बाढीबाट विस्थापित जिल्लाका बाढीपीडित परिवारलाई पुनर्वासका लागि ताइवान सरकारको सहयोगमा निर्माण गरिएको उक्त बस्तीका घरका छाना जीर्ण भएर वर्षायाममा पानी चुहिने समस्या थियो । चन्द्रपुर […]
गलकोट (बागलुङ), असोज १६ गते । गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन निर्माण भएको पाँच वर्ष मात्रै भएको थियो। तीन रोपनी जग्गामा निर्माण गरिएको भवनको रङसमेत बिग्रिएको थिएन। स्थानीयवासीको सहयोगमा जग्गा खरिद गरी नगरपालिकाको ८० लाख रुपियाँ लागतमा निर्माण गरिएको वडा कार्यालय भवन असोज ११ गते आएको बाढीले दरमखोलामा बगाएको छ। दरमखोलामा आएको बाढीको कटानले […]
घोराही, असोज १६ गते । बाढीले क्षति पुर्याएको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गतको ग्वारखोला पुल मर्मत गर्न थालिएको छ। असोज ९ गते वर्षासँगै आएको बाढीका कारण पुलको पूर्वी भागमा क्षति पुगेपछि सवारीसाधन सञ्चालन बन्द गरिएको थियो। नयाँ पुल निर्माणका लागि पुरानो पुलको स्ल्याबमुनि जग खन्ने क्रममा अविरल वर्षा र खोलामा आएको बाढीका कारण पहिले फिलिङ गरिएको माटो भासिएपछि […]
मुक्तिनाथ (मुस्ताङ), असोज १६ गते । मुस्ताङमा अविरल वर्षासँगै आएको बाढीपहिरो तथा कालीगण्डकी र सहायक नदीको कटानका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत जिल्लाभित्रको सडकखण्ड बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दीको सीमासँग जोडिएको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र तथा लो–घेकर र […]
वीरगन्ज (पर्सा), असोज १६ गते । वीरगन्ज नाका भएर रासायनिक मलको ठुलो परिमाण भित्रिएसँगै वीरगन्जमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन् । भारतबाट जिटुजी प्रक्रियामार्फत ठुलो परिमाणमा युरिया र डिएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका १२ वटा र भाडामा लिइएका थप आठ वटा गरी २० वटै गोदाम भरिएका हुन् । कृषि सामग्री कम्पनीको […]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वासका साथ काम गर्ने वातावरण बन्नेछ। कार्यक्षेत्रमा थप जिम्मेवारी आए पनि आफ्नो क्षमता प्रयोग गरेर त्यसलाई पूरा गर्न सक्नुहुनेछ। आर्थिक विषयमा हतारमा निर्णय लिनुभन्दा सबै पक्ष विचार गर्नु राम्रो हुनेछ। परिवारका ज्येष्ठ सदस्यसँगको सल्लाहले महत्त्वपूर्ण विषयमा सही दिशा दिन सक्छ। रोकिएका केही कामसमेत […]
काठमाडौँ, असोज १५ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार बिहीबार राति देशका तराई भूभागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक, […]
काठमाडौँ, असोज १५ गते । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा ३० हजार ८५ पर्यटक नेपाल आएका हुन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल भित्रिएका […]