alliance khabar

बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ, असोज १५ गते ।

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ । मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अधिवेशनको आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस भएको बताउनुभयो । असोज १६ गतेदेखि अन्त्य हुने गरी सिफारिस भएको उहाँले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो । यस्तै अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित र प्रमाणीकरण भएका छन् । यस्तै वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक पनि पारित र प्रमाणीकरण भएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमणीकरण भएको छ । प्रतिनिधि सभामा दसभन्दा बढी विधेयक समितिहरूमा विभिन्न चरणमा विचाराधीन छन् ।

अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको छ । अधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाहले एक पटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनुभयो । यस्तै परराष्ट्र र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रश्नोत्तर भएका छन् । यस्तै पूर्वाधार विकासमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि प्रश्नोत्तर भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ