श्रेष्ठलाई मरणोपरान्त नागरिक सम्मान

काठमाडौँ, असोज १५ गते । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जनकवि दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त ‘जनकवि अक्षरमहर्षि दुर्गालाल श्रेष्ठ’ उपाधि तथा नागरिक सम्मान प्रदान गरिएको घोषणा गर्नुभएको छ । श्रेष्ठको ४५ औँ पुण्यतिथिका अवसरमा दुर्गालाल साहित्य प्रतिष्ठान र वसन्त चौधरी फाउन्डेसनको संयुक्त आयोजनामा ‘अक्षरयात्रा दशक आठ’ कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले जीवितै छँदा गत भदौ महिनामा […]

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, असोज १५ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति […]

मलेसियाको रोजगारी अन्योलमा

काठमाडौँ, असोज १५ गते । मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) मार्फत २५ म्यानपावर कम्पनीलाई मात्रै छनोट गरिएको विषयले नेपालीको मलेसिया रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना गरेको छ । मलेसियाले वैदेशिक रोजगारीमा पठाउन दर्ता भएका एक हजार दुई सयभन्दा बढी कम्पनीमध्ये २५ वटा मात्रै छनोट गर्दा नेपालीको मलेसियाको रोजगारी क्षेत्रमा विवाद र अन्योल […]

मदन भण्डारी कप भलिबलमा पुलिसको दोस्रो जित

सिद्धार्थनगर, असोज १४ गते । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको खेलमा पुलिसले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको हो । पुलिसले खैरामाथि २६–२४, २६–२४, २०–२५, २५–१९ को नतिजा निकाल्यो । […]

वीरगञ्जको संशोधित बजेट ४ अर्ब २१ करोड ३४ लाख

वीरगञ्ज (पर्सा), असोज १४ गते ।  वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/२०८४ को बजेट संशोधन गरी २१ करोड रुपियाँ घटाएको छ । बुधबार वीरगञ्ज महानगरपालिकाको २१ औं विशेष नगरसभाले यसअघि असार १० गते सम्पन्न २० औं नगरसभाले ल्याएको बजेटमा संशोधन गरी त्यसमा २१ करोड रुपियाँ घटाएर नयाँ बजेट ल्याएको हो । महानगरका नगर प्रमुख राजेशमान […]

प्रधानमन्त्री राहत कोषमा जुट्यो १६ अर्ब १५ करोड

काठमाडौँ, असोज १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोषमा हालसम्म मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपियाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ […]

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

रुपन्देही, असोज १४ गते । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका पर्खाइमा रहेको छ । विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको […]

राष्ट्रपति इन्द्रजात्रा समापनमा

काठमाडौँ, असोज १४ गते  । राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार वसन्तपुरस्थित कुमारीघर जानुभई जीवित देवी कुमारीको हातबाट टीका प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन मङ्गलबार राति वसन्तपुरस्थित हनुमानढोका दरबारक्षेत्र पुगेर कुमारीबाट टीका प्रसाद ग्रहण गर्नुभएको हो । हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका  प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । सो अवसरमा राष्ट्रपति […]

पहिरोले कर्णाली करिडोरसहित ग्रामीण सडक अवरुद्ध

हुम्ला, असोज १४ गते । हुम्ला जिल्लाभित्र पर्ने कर्णाली करिडोर र सबै ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । तीन दिनसम्म लगातार परेको वर्षाका कारण पहिरो र ढुङ्गा खसेपछि जिल्लाभरका सडक अवरुद्ध भएका हुन् । वर्षाका क्रममा स्थानीय प्रशासनले सम्भावित क्षतिबाट जोगाउन जिल्लाभर यातायात सेवा सञ्चालनमा रोक लगाए पनि वर्षाका कारण हुम्ला जिल्लाभित्र पर्ने […]

बागमती गाउँपालिकाका विकास योजनामा हेटौँडा सिमेन्ट प्रयोग गरिने

हेटौँडा, असोज १४ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास निर्माणका योजनामा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट प्रयोग गर्ने भएको छ । गाउँपालिकाले हेटौँडा–९ स्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडसँग मंगलबार सम्झौता गर्दै ५० किलोका ५० हजार ६२८ बोरा ओपिसी सिमेन्ट खरिद गर्ने भएको हो । सम्झौताअनुसार गाउँपालिकाले उद्योगलाई तीन करोड ४६ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ