काठमाडौँ, भदौ ८ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८३ लाई दफावार […]
मुक्तिनाथ (मुस्ताङ), भदौ ८ गते। थाक खेलकुद तथा सांस्कृतिक विकास संघको ५२औँ संस्करणको थाक खेलकुद प्रतियोगिता असोज ८ देखि १० गतेसम्म थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आयोजना हुने भएको छ। प्रतियोगितामा सर्वाधिक धनराशिको पुरुष तथा महिला भलिबल, छेलो, तारा खेल, आधुनिक आर्चरी, सांस्कृतिक तथा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रतियोगितामा थकाली समुदायको पहिचान, संस्कृति […]
मकवानपुर, भदौ ८ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिने भएको छ। नेकपाले मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो। सोमबार विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो। […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वासका साथ अघि बढ्दा नयाँ अवसर हात लाग्न सक्छ । काममा सिर्जनशील सोचको प्रशंसा हुनेछ । व्यापारमा लाभको सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार आउनेछ । आर्थिक पक्ष सामान्यभन्दा बलियो रहनेछ । स्वास्थ्यमा पनि समस्या देखिँदैन । वृष (इ, उ, ए, ओ, वा, वि, […]
सल्यान, भदौ ७ गते । सल्यानमा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। जिल्लाको दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता देखिएको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको […]
तनहुँ, भदौ ७ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विवाद र असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । गृह जिल्ला तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीको एकता जोगाउन आफूहरू हदसम्म लचक हुन तयार रहेको बताउनुभयो । महामन्त्री पौडेलले नियमित रूपमा महाधिवेशन भएको भए अहिले […]
काठमाडौँ, भदौ ७ गते । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ । दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको […]
काठमाडौँ, भदौ ७ गते । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो […]
काठमाडौँ, भदौ ७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]
काठमाडौँ, भदौ ७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा […]