alliance khabar

बिहिबार, आश्विन १५, २०८३

मनाङ, असोज १५ गते ।

 मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा पुरिएर सम्पर्कविहीन भएका १६ जनामध्ये १५ जनाको शव फेला परेको छ ।

उद्धार टोलीले बिहीबार थप आठ जनाको शव निकालेसँगै अब एक जनाको मात्रै शव भेटिन बाँकी रहेको हो ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को विशेषज्ञ खोज तथा उद्धार टोलीले कठिन परिस्थितिका बिच बिहीबार आधार शिविर क्षेत्रबाट आठ वटा शव फेला पारेको हो ।

बिहीबार भेटिएका शवमध्ये छ वटा फु गाउँमा र दुई वटा सदरमुकाम चामेमा हेलिकोप्टरमार्फत ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ल्याइएका शवहरूको आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।

अझै पनि सम्पर्कविहीन रहेका अन्तिम एक जना हिमालयन होलिडेजका सदस्य हुन् ।

प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका बिच अन्तर्राष्ट्रिय पर्वतीय महासंघ (आईएफएमजीए)का माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा खटिएको टोलीले बाँकी एक जनाको खोजी कार्यलाई तीव्र बनाएको छ ।

यसअघि उद्धार टोलीले आइतबार संखुवासभाका छेवी भोटे र पासाङ भोटे, सोमबार गोरखाका वीरेन्द्र गुरुङ र खोटाङका घनश्याम राई तथा बुधबार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला पारेको थियो ।

गत असोज १० गते शनिबार राति हिमलुङ आधार शिविरमा अचानक गएको हिमपहिरोमा परी आरोहण टोलीका सदस्य तथा स्थानीय सहयोगी गरी १६ जना पुरिएर बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ