alliance khabar

आइतबार, आश्विन १८, २०८३

काठमाडौँ, असोज १८ गते  ।

नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । नेपाल मौसम विज्ञान विभागले शनिबारदेखि पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको छ ।  विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ । लुम्बिनी र गण्डकी प्रदेशको पश्चिम क्षेत्रबाट पनि धेरै मात्रामा मनसुन बाहिरिएको छ । देशका अन्य भूभागमा भने मनसुन क्रमशः कमजोर हुँदै गइरहेको विभागका मौसमविद् निष्ठा निरौलाले जानकारी दिनुभयो ।

मनसुन बाहिरिए पनि पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । पूर्वी क्षेत्रको मौसम कमजोर त भएको छ तर पानी पर्न सक्ने सम्भावना पनि रहेको निरौलाको भनाइ छ, “मनसुन बहिर्गमन हुँदैमा पानी वर्षा रोकिन्छ भन्ने हुँदैन, पश्चिमी वायुको प्रभावले वर्षा हुन सक्छ ।”

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुँदा आगामी दसैँमा झरी पर्ने सम्भावना भने नरहेको विभागको अनुमान छ । निरौलाले भन्नुभयो, “सामान्य रूपमा हेर्दा दसैँमा पानी पर्ने देखिँदैन यदि मौसम फेरबदल भएन भने ।” विभागले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित अनुगमन गरिरहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतः बादल लाग्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक÷दुई स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ