पश्चिम नवलपरासी, भदौ ११ गते । नारायणी नदीमा बाढीको बहाव घट्दै गएपछि पश्चिम नवलपरासीको सुस्ताबाट विस्थापित भएका बासिन्दाहरू पुनः आफ्नो गाउँ फर्किन थालेका छन्। नारायणी नदीमा पानीको सतह उच्च भएपछि बाढी गाउँमा पस्ने डरले सुरक्षित स्थानतर्फ सुस्तावारी सरेका थिए । बुधबार नारायणी नदीमा पानीको बहाव उच्च बनेपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र गाउँपालिकाले […]
सर्लाही, भदौ ११ गते । सर्लाहीको लालबन्दीबाट मङ्गलबार बेलुका रुसुवाको गोसाइकुण्ड प्रस्थान गरेका पाँच जना बिहीबार बिहानसम्म सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरुमा लालबन्दी नगरपालिका–५, मेजरगन्ज निवासी व्यवसायी एवं लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष चिरञ्जीवी खतिवडा, शिक्षक कृष्णप्रसाद धमला, द्धारिका डङ्गोल, लालबन्दी नगरपालिका–९, बस्तीपुर घरभई काठमाडौँ बस्दै आउनुभएका माधव काफ्ले र नाम खुल्न नसकेका एक […]
काठमाडौँ, भदौ १० गते। भारतका प्रधामन्त्री नरेन्द्र दामोदर मोदीले प्राकृतिक विपतको दुखद घडीमा भारत सरकार र त्यहाँका जनता नेपालको साथमा रहेको बताउनुभएको छ। प्रधानमन्त्री बालेन्द्र साहसँग टेलिफोन कुराकानी गर्दै भारतमा प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा […]
काठमाडौँ, भदौ १० गते । विपतग्रस्त नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय थालेका छन्। बाढीको समाचार बाहिरिएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपियाँसम्म सहयोग गर्न सकिने […]
काठमाडौँ, भदौ १० गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीलाई आग्रह गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो । “हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट […]
काठमाडौँ, भदौ १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपदमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, […]
अर्घाखाँची, भदौ १० गते । सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशीमा गएको बाढीबाट भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनः स्थापनाका लागि कर्मचारीले एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय […]
काठमाडौँ, भदौ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय […]
काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनुभएको छ। देशवासीका नाममा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। […]
काठमाडौं , भदाै १० गते । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको २०८३ भदौ १० गते बसेको बैठकले नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]