काठमाडौँ, असोज १५ गते ।
नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार बिहीबार राति देशका तराई भूभागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपात तथा बागमती प्रदेशको तराई भूभागका एक, दुई स्थानमा कल्का वर्षाको सम्भावना छ ।
शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यसैगरी, शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना तथा कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मध्यमसम्मको तथा मधेस प्रदेशको एक्, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।