भोटेकोशी बाढीले क्षतिग्रस्त सडक : दसैँअघि नै पुनर्निर्माण

काठमाडौँ, असोज ५ गते । भोटेकोशी बाढीले क्षतविक्षत पारेको सडक सम्पर्कलाई आगामी दसैँअघि नै पुनर्स्थापित गर्न सडक विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढाएका छन् । दसैँको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दसैँअघि […]

आज मिति २०८३ असाेज ०५ गते , 21 sep 2026 , साेमबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जोश र आत्मविश्वासका साथ काम अघि बढाउन सकिनेछ । लामो समयदेखि अल्झिएका काममा प्रगति हुनेछ । पेसा तथा व्यवसायमा थप जिम्मेवारी आउन सक्छ, जसले आफ्नो क्षमता देखाउने अवसर दिनेछ । आर्थिक अवस्था सुधारोन्मुख रहेपनि फजुल खर्चबाट बच्नु उचित हुनेछ । परिवारको साथ र […]

कर सम्बन्धी सेवा अब नगरपालिकाबाटै

पश्चिम नवलपरासी, असोज ४ गते ।  नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने भएको छ । राजस्व तथा कर सम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न जिल्लामा पहिलो पटक बर्दघाट नगरपालिकाले कर प्रणाली सम्बन्धी सेवा सुरुवात गर्न लागेको हो । जसका लागी बर्दघाट नगरपालिका र आन्तरिक राजस्व कार्यालय, […]

बिसौँ एसियाली खेलकुदको उद्घाटन

नागोया (जापान), असोज ४ गते । ओलम्पिकपछि विश्वकै दोस्रो ठुलो खेलकुुद मेलाका रूपमा रहेको एसियाली खेलकुदको २० औँ संस्करणको उद्घाटन शनिबार जापानको आइची नागोयाको पालोमा मिजुहो रङ्गशालामा भव्य रूपमा भएको छ । जापानका सम्राट् नारुहितोले २०२६ एसियाली खेलकुद आधिकारिक रूपमा सुरु भएको घोषणा गर्नुभयो । सो अवसरमा जापानकी साम्राज्ञी मासाको, राजकुमार आकिससिनो र राजकुमारी किकोका […]

गैरभन्सार अवरोध हटाउन आग्रह

काठमाडौँ, असोज ४ गते । नेपालले भारततर्फको निकासीमा विभिन्न समयमा हुने गैरभन्सार अवरोध हटाउन आग्रह गरेको छ । भारतको नयाँ दिल्लीमा बिहीबार सम्पन्न नेपाल र भारतबिच व्यापार तथा पारवहनसम्बन्धी अन्तरसरकारी उपसमितिको बैठकमा नेपाली पक्षले यस्तो आग्रह गरेको हो । नेपालबाट भारततर्फ हुने जुट तथा स्टिलजन्य उत्पादनको निर्यातमा देखिएका अवरोध हटाउन र सहमति अनुसार नेपाली कृषि उत्पादनलाई भारतको […]

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, असोज ४ गते । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

पन्ध्र वर्षदेखि अलपत्र पुल निर्माण अन्तिम चरणमा

काठमाडौँ, असोज ४ गते । विगत १५ वर्षदेखि अलपत्र र रुग्ण आयोजनाका रूपमा रहेको धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन यस पुलको बाँकी कामले तीव्रता पाएसँगै आगामी दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ […]

आज मिति २०८३ असाेज ०४ गते , 20 sep 2026 , आइतबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । कार्य क्षमतामा वृद्धि हुनुका साथै व्यापार तथा व्यवसायबाट अपेक्षाअनुसार लाभ प्राप्त हुने सम्भावना छ । वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय सम्पर्कबाट आर्थिक दायरा विस्तार हुन सक्छ । सामाजिक तथा परोपकारी कार्यमा सक्रियता बढ्दा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ । वृष (इ, […]

संविधानका उपलब्धि जनताको जीवनमा देखिनुपर्नेमा जोड

तनहुँ, असोज ३ गते ।  तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले संविधानका लागि भएको राजनीतिक सङ्घर्ष र बलिदानको सार्थकता जनताको जीवनस्तरमा देखिने परिवर्तनबाट पुष्टि हुनुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले नागरिक अधिकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी व्यवस्थालाई संस्थागत गरे पनि त्यसबाट प्राप्त […]

अर्थमन्त्री वाग्लेले भारतीय उद्योगपतिसँग छलफल गर्नुहुँदै

काठमाडौँ, असोज ३ गते ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न आह्वान गर्नुहुनेछ । अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान ९ः३० बजे नयाँदिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ । परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ