सुशासन र समृद्धिको कामना

काठमाडौँ, असोज ३ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना दिनुहुँदै उहाँले त्यस्तो कामना गर्नुभएको हो । संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान […]

समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध छौँ : मुख्यमन्त्री थापा मगर

मकवानपुर, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले समावेशी विकास र समृद्ध प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय, समावेशी विकास र समृद्ध प्रदेश निर्माणका लागि प्रतिबद्ध […]

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, असोज ३ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । संविधान दिवस २०८३का अवसरमा शनिबार शुभकामना दिँदै उहाँले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो । संविधान, सङ्घीय […]

सदभाव बटुल्ने महत्वपूर्ण अवसर

काठमाडौँ, असोज ३ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको उच्च चासो बढेको छ । गोरखापत्र दैनिकसँगको कुराकानीमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो । परराष्ट्रमन्त्री खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँका अनुसार […]

आज मिति २०८३ असाेज ०३ गते , 19 sep 2026 , शनिबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामकाजमा नयाँ जिम्मेवारी थपिन सक्छ र आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा नयाँ व्यक्तिसँगको सम्पर्क लाभदायी बन्नेछ । आर्थिक अवस्थामा सुधार आउने संकेत छन्, तर अनावश्यक खर्च नियन्त्रण गर्नु उचित हुनेछ । परिवारका सदस्यको सहयोगले लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन् । […]

कांग्रेसमा संस्थापन र इतरपक्षबिच एकताको पहल

काठमाडौँ, असोज २ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई पार्टी एकता र सहकार्यको अवसर बनाउने प्रयास थालिएको छ । सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन गर्न आग्रह गर्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले असोज १६ गते […]

बाढीपहिरोको असर मुक्तिनाथको तीर्थयात्रामा

मुक्तिनाथ (मुस्ताङ), असोज २ गते । विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीको असर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थयात्रुको आगमनमा परेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढी र कृष्णभीरको पहिरोका कारण मुक्तिनाथमा तीर्थयात्रुको आगमन ह्वात्तै घटेको हो। बेनी–जोमसोम सडकखण्ड तथा हवाई मार्ग हुँदै आउने भारतीय तीर्थयात्रुसहित नेपाली […]

५० का नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, असोज २ गते ।  नेपाल राष्ट्र बैंकले ५० रुपियाँदरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितका ५० रुपियाँदरका बैंकनोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा ५० रुपियाँ दरका बैंकनोट निष्कासन गर्न लागिएको हो । नयाँ नोटको […]

गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई थापाको आह्वान

काठमाडौँ, असोज २ गते ।  नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाउनुभएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने बताउनुभएको छ । गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्नुभएका सिंहको योगदान स्मरण गर्दै उहाँका आदर्शलाई संगठन […]

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेको उच्चस्तरीय भेटघाट

काठमाडौँ, असोज २ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ । तीनदिने भ्रमणका लागि उहाँ बिहीबार भारत प्रस्थान गर्नुभएको थियो । बिहीबार नै उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज शुक्रबार विभिन्न कार्यक्रममा सहभागी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ