काठमाडौँ, असोज ६ गते । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज (मङ्गलबार) दोस्रो दिन बिहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुने छ । हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको […]
काठमाडौँ, असोज ६ गते । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार […]
गलकोट (बागलुङ), असोज ६ गते । बागलुङ बजारमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, बागलुङ शाखाले छुट मूल्यमा चिनी, नुन, तोरीको तेल र आटा बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । आउँदै गरेका दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरमा पसल […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वासका साथ अघि बढ्दा कार्यक्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। जिम्मेवारीपूर्ण काम सम्हाल्ने अवसर आउन सक्छ। व्यवसायमा नयाँ योजना बनाउने तथा लगानीका विषयमा सोच्ने समय अनुकूल छ। आम्दानीमा सुधारको सम्भावना रहे पनि फजुल खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारको साथले अधुरा काम पूरा गर्न […]
गलकोट (बागलुङ), असोज ५ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलोपटक टन्सिलेक्टोमीको सफल शल्यक्रिया गरिएको छ। पर्वतको जलजला गाउँपालिका–३ निवासी ३७ वर्षीया महिलामा पटक–पटक टन्सिलाइटिस हुने समस्या देखिएपछि आधुनिक बाइपोलार डाइथर्मी प्रविधिबाट टन्सिलेक्टोमी गरिएको कन्सल्टेन्ट ईएनटी सर्जन डा. शरद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार पटक–पटक टन्सिलाइटिस हुने, टन्सिल ठुलो भएर सास फेर्न वा खाना निल्न […]
काठमाडौँ, असोज ५ गते । विद्युतकाे प्रयोग बढाएर खपत बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको सातौँ महाधिवेशमा आइतबार सहभागीले मुलुकभर विद्युत्को पहुँच ९९ प्रतिशत पुगिसकेकाले खपत बढाउनुपर्ने बताउनुभएको हो । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले देशलाई पूर्ण विद्युतीकरणतर्फ लैजान समुदाय र उपभोक्ता समितिको ठुलो योगदान रहेको बताउनुभयो । विद्युत् […]
फुङ्लिङ (ताप्लेजुङ), असोज ५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि विद्यालयको पठनपाठन र विद्यार्थीको सिकाइ अवस्थाको अनुगमनलाई तीव्र बनाएको छ । गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) आफैँ विद्यालयका कक्षाकोठामा पुगेर अनुगमनमा सक्रिय हुनुभएको हो । गाउँपालिकाका ४० वटै विद्यालयमा सञ्चालन भइरहेको अनुगमनमा शैक्षिक सामग्रीको प्रयोग, शिक्षक तथा […]
सुलीकोट (गोरखा), असोज ५ गते । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्। मनास्लु हिमालको तेस्रो शिविरमा टेन्टभित्र रहेका बेला हिमपहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो। मनास्लु आरोहणका क्रममा शनिबार उनीहरू तेस्रो शिविर पुगेका थिए। राति एक्कासि […]
दाङ, असोज ५ गते । लेखक लीला शर्माको पुस्तक ‘अस्मिता’ को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ दाङको घोराहीमा लोकार्पण गरिएको छ । जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि चिठी पुर्याइदिने बहानामा आफूलाई माओवादीसित पुर्याइएको स्मरण गर्दै लेखक लीला शर्माले लोकार्पणका लागि उही ठाउँ घोराही रोजेको बताउनुभयो । “जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ […]
सुर्खेत, असोज ५ गते । गत साउन र भदौमा सुर्खेतमा अत्यधिक अभाव भोगेको खाना पकाउन ग्यास असोज लागेयता सहज आपूर्ति भएको छ । ग्यास लिन लाइन लाग्नुपर्ने अवस्था हटेको छ भने डिलरमा पनि ग्यास सिलिन्डर मौज्दातका रूपमा रहन थालेका छन् । नेपाल आयल निगम सुर्खेतका अनुसार असोज लागेयता खाना पकाउने ग्यासको अभाव हटेको छ । उपभोक्ता पनि लाइन […]