कास्की, साउन ३१ गते । वर्खायामसँगै गण्डकी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणबाट बच्न साउनदेखि कात्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनुपर्ने चिकित्सिक बताउँछन् । यस वर्ष मनसुन भएसँगै डेङ्गु सङ्क्रमित देखिन थालेका छन् । हालसम्म गण्डकी प्रदेशका नौ जिल्लामा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा […]
कैलाली, साउन २९ गते । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नुभएको छ। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहनुभएका भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर […]
काठमाडौँ, साउन २९ गते । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ । उहाँले नेपाल र चीनबिचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो । नेपाल र चीनबिचको कूटनीतिक […]
तनहुँ, साउन २९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गरी परीक्षणपछि निजी क्षेत्रलाई जिम्मा दिने नीति सरकारले लिएको बताउनुभएको छ। जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को जिल्ला स्तरीय दुईदिने वार्षिक समीक्षा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उहाँले बन्द उद्योग सञ्चालनमार्फत रोजगारी वृद्धि, उत्पादन विस्तार र […]
कास्की, साउन २९ गते । जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो । प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । […]
सुनसरी, साउन २९ गते । धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले […]
कास्की, साउन २९ गते । बिहीबार राति करिब २ः१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। साथै, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी रहेको छ। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी सडकखण्ड नजिक मोदीखोलाको बिचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावतका लागि निर्माण गरिएका दुईवटा मेटल पुल (कास्की र […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेकरिङ, क्याटरिङ, फास्टफुड तथा भाँडाकुँडाको व्यापार गर्नेका लागि दिन राम्रो छ । ग्राहकको विश्वास जित्न भने समय लाग्न सक्छ । परिवारमा सुख शान्ति रहनेछ । प्रतिस्पर्धामा योजनाबद्ध तयारी गरे सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शिक्षा र लेखन […]
काठमाडौँ, साउन २८ गते । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने […]
दमौली (तनहुँ), साउन २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनुभएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक […]