alliance khabar

शनिबार, आश्विन ०३, २०८३

तनहुँ, असोज ३ गते ।

 तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले संविधानका लागि भएको राजनीतिक सङ्घर्ष र बलिदानको सार्थकता जनताको जीवनस्तरमा देखिने परिवर्तनबाट पुष्टि हुनुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले नागरिक अधिकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी व्यवस्थालाई संस्थागत गरे पनि त्यसबाट प्राप्त अधिकार र परिवर्तनको अनुभूति जनताको दैनिक जीवनमा कति पुगेको छ भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले संविधान दिवसलाई केवल औपचारिक रूपमा मनाउनेभन्दा संविधानले परिकल्पना गरेको सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र समान अवसरको अवस्था मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनका लागि धेरै पुस्ताले गरेको सङ्घर्ष र बलिदानको सम्मान त्यसको प्रतिफल नागरिकको जीवनमा पुग्दा मात्र हुने उहाँको भनाइ छ ।

“जनताले अब परिवर्तनका नारा मात्र होइन, आफ्नो जीवनमा त्यसको परिणाम खोजिरहेका छन्,” उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारी, पारदर्शी शासन, सहज सेवा प्रवाह र विकासको प्रत्यक्ष अनुभूति संविधान कार्यान्वयनको वास्तविक मापदण्ड बन्नुपर्छ ।”

न्यौपानेले नयाँ पुस्ताले उठाएका आवाजलाई असन्तुष्टिका रूपमा मात्र नहेरी राज्य सञ्चालन र विकासको नयाँ ढाँचा खोजीका रूपमा बुझ्नुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सुधार नगरी संविधानले अपेक्षा गरेको समृद्धि हासिल गर्न कठिन हुने उहाँले उल्लेख गर्नुभयो ।

नेपालको समृद्धिको महत्वपूर्ण आधार ऊर्जा क्षेत्र हुनसक्ने उहाँको भनाइ छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जलस्रोतसँगै घाम, हावा तथा अन्य प्राकृतिक स्रोतको उपयोग बढाएर ऊर्जा उत्पादनलाई उद्योग, उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो ।

“ऊर्जा केवल विद्युत् उत्पादनको विषय होइन, यसलाई उद्योग, रोजगारी र आर्थिक विकाससँग जोड्न सक्नुपर्छ,” उहाँले भन्नुभयो, “नेपालको जलस्रोत र प्राकृतिक स्रोतको सही उपयोग गर्न सके आर्थिक रूपान्तरणको आधार तयार गर्न सकिन्छ ।”

उहाँले ऊर्जा विकासका लागि स्पष्ट दीर्घकालीन नीति, लगानीमैत्री वातावरण र इमानदार कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । राजनीतिक परिवर्तनसँगै शासन गर्ने शैली र कार्यसंस्कृतिमा पनि परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।

पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा, प्रविधि तथा नवप्रवर्तनलाई जोडेर विकासको बाटो अघि बढाउनुपर्ने बताउँदै उहाँले संविधान दिवसले अधिकारसँगै नागरिक र राज्यका जिम्मेवारीबारे आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो ।

उहाँले विवादभन्दा संवाद, विभाजनभन्दा सहकार्य तथा नारा र भाषणभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ