alliance khabar

आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ, असोज ४ गते ।

नेपालले भारततर्फको निकासीमा विभिन्न समयमा हुने गैरभन्सार अवरोध हटाउन आग्रह गरेको छ । भारतको नयाँ दिल्लीमा बिहीबार सम्पन्न नेपाल र भारतबिच व्यापार तथा पारवहनसम्बन्धी अन्तरसरकारी उपसमितिको बैठकमा नेपाली पक्षले यस्तो आग्रह गरेको हो ।

नेपालबाट भारततर्फ हुने जुट तथा स्टिलजन्य उत्पादनको निर्यातमा देखिएका अवरोध हटाउन र सहमति अनुसार नेपाली कृषि उत्पादनलाई भारतको ‘प्लान्ट क्वारेन्टाइन अर्डर’ मा समावेश गर्न बैठकमा विशेष अनुरोध गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

साथै भारतीय पक्षबाट कृषिजन्य, औषधीजन्य तथा दुग्धजन्य उत्पादनको बजार पहुँच, भन्सार सहजीकरण, औद्योगिक सम्पत्ति अधिकारलगायतका विषयमा सहजीकरण गर्न नेपाली पक्षलाई प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा दुवै पक्षका प्रतिनिधिमण्डलले कृषि उपजको पारस्परिक बजार पहुँच र द्विपक्षीय मान्यताप्राप्त प्रयोगशालाको स्वीकृति गर्ने विषयमा छलफल भएको जनाइएको छ । बैठकमा सडक तथा रेलवे पूर्वाधारको निर्माण, स्तरोन्नति तथा सीमानाकामा परीक्षण प्रयोगशालाको स्थापनालगायतका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा दुवै देशले आपसी प्राथमिकताप्राप्त क्षेत्रमा नेपाली पक्षले द्विपक्षीय सहकार्यका विद्यमान संयन्त्रलाई सक्रिय बनाउँदै यसअघि प्रस्ताव गरिएका विभिन्न ‘लेटर अफ एक्सचेन्ज’ का मसौदालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको छ । यस्तै भारतीय पक्षले कृषि, औषधी तथा दुग्धजन्य उत्पादनको बजार पहुँच, भन्सार सहजीकरण र औद्योगिक सम्पत्ति अधिकारलगायतका क्षेत्रमा सहजीकरणका लागि नेपालसमक्ष प्रस्ताव राखेको मन्त्रालयले जनाएको छ ।

दुवै देशका प्रतिनिधिबिच सीमानाकामा सडक तथा रेलवे पूर्वाधारको निर्माण एवं स्तरोन्नति गर्ने र द्विपक्षीय मान्यताप्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्नेबारे छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङ र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयका सहसचिव उज्ज्वलकुमार घोषले गर्नुभएको थियो  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ