सुलीकोट (गोरखा), असोज १३ गते । लगातारको वर्षाका कारण केही दिनदेखि रोकिएको मनास्लु संरक्षण क्षेत्रअन्तर्गतको मनास्लु पदयात्रा पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएपछि मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले असोज १३ गतेदेखि प्रवेश अनुमति पत्र नियमित रूपमा जारी गर्ने व्यवस्था पुनः सञ्चालनमा ल्याएको हो । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ […]
काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गर्ने विपतकाे खतरा नटरेको र जोखिम कायमै रहेकाले आमनागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ । अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउनेतर्फ सरकार तदारुकताका साथ लागिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार […]
काठमाडौँ, असोज १४ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार देशका हिमाली भूभागमा आंशिक तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ । सोमबार राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने […]
काठमाडौँ, असोज १२ गते । वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक समारोहमा पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका उहाँलाई नगद रु एक लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको […]
काठमाडौँ, असोज १२ गते । चाडपर्वहरू दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य खाद्यवस्तुको माग बढे पनि सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आवश्यक खाद्यवस्तुको मौज्दात पर्याप्त रहेको जनाएको छ । चाडपर्वमा उपभोक्ताको माग बढ्ने अवस्थालाई ध्यानमा राखी दुवै संस्थाले बिक्री केन्द्रमा रहेको मौज्दात परिचालन गरी आपूर्ति व्यवस्थापन […]
काठमाडौँ, असोज १२ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्नुहुने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला […]
रौतहट, असोज १२ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सरकार सुशासनको बाटोमा अघि बढिरहेको बताउनुभएको छ। आइतबार साँझ रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारमा व्याप्त बेथिति न्यूनीकरण गर्दै पारदर्शी रूपमा नियम–कानुनको पूर्ण पालना गरी अघि बढिरहेको बताउनुभयो। प्रदेशवासीलाई सुशासनको अनुभूति गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले चालु […]
शारदा (सल्यान), असोज १२ गते । सल्यानका विभिन्न पालिकामा फैलिएको स्क्रब टाइफस रोगबाट ३५५ जना संक्रमित भएका छन्। विशेषगरी दार्मा गाउँपालिकामा आक्रामक रूपमा फैलिएको यस रोगबाट जिल्लाका छ पालिकाका नागरिक संक्रमित भएका छन्। स्क्रब टाइफसकै जटिलताका कारण दार्मा गाउँपालिकाका आठ जनाले ज्यान गुमाएका छन्। संक्रमणको जानकारी पाएलगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश […]
अर्घाखाँची, असोज १२ गते । सामान्यतः रोपेको तीनदेखि चार वर्षपछि फल दिन थाल्ने कफी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाँडाका कृषक पुष्करनाथ बन्जाडेको बारीमा भने दोस्रो वर्षमै फल्न थालेको छ । बन्जाडेले दुई वर्षअघि रोपेका करिब तीन सय कफीका बिरुवामा अहिले हाँगाभरि फल लागेको छ । कफी खेतीमा खाडल तयारी, जैविक मल, छहारी र नियमित स्याहारमा विशेष ध्यान दिँदा […]
नवलपुर, असोज १२ गते । बाढीले बगाएर ल्याएको राइनो क्रुज जहाज पुलमुनि अड्किएपछि बन्द गरिएको नारायणी पुलमा सवारीसाधनको आवागमन खुला गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा रातिको समयमा साना तथा अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न दिइए पनि ठुला तथा मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो। अहिले भने अवस्था हेरेर पुलमा सबै प्रकारका सवारीसाधनलाई वारपार गर्न […]