भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति

नयाँ दिल्ली, भदौ ४ गते । भारत र जापानबिच समुद्री सहयोगसहित सुरक्षा सम्बन्ध सुदृढ बनाउने बिषयमा सहमति भएको छ । नयाँ दिल्लीमा दुवै देशका रक्षा मन्त्रीहरूको बिहीबार बसेको बैठकमा सुरक्षा सम्बन्ध सुदृढ बनाउने सहमति भएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंह र उहाँका जापानी समकक्षी सिन्जिरो कोइजुमीबिचको वार्तापछि उहाँहरूले समुद्री सुरक्षा सहयोग सम्बन्धी एक स्मरणपत्रमा […]

मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नेपाल […]

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ, भदौ ४ गते ।  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले […]

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, भदौ ४ गते ।  सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । कार्यक्रमअनुसार बिहान ११ बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क […]

विश्व फोटोग्राफी दिवसमा चीन केन्द्रित फोटो प्रदर्शनी

काठमाडौँ, भदौ ४ गते ।  १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटो प्रदर्शनी आयोजना गरेको छ। हनुमानढोका परिसरमा आयोजित प्रदर्शनीमा नेपाली फोटो पत्रकारहरूले बुधबार चीन भ्रमणका क्रममा खिचेका चीनका सुन्दर तथा विविध पक्ष झल्काउने तस्बिरहरू प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीमा चीनको संस्कृति, परम्परा, पर्यटन, कला, साहित्य तथा जनजीवनलाई चित्रित गर्ने […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ ४ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर (झापा), भदौ  ४ गते ।   झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस […]

तीन महिनादेखि अवरुद्ध सडक सञ्चालनमा

फिदिम, भदौ ४ गते । बाढीले अवरुद्ध बनाएको मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको दोभाने खोलामा स्थानीयवासीले काठेपुल निर्माण गरेपछि सवारीसाधन आवागमन सुचारु भएको छ। पाँचथरको याङवरक गाउँपालिका–१ र २ तथा छिमेकी जिल्ला ताप्लेजुङका सादेवा र कालिखोलाका बासिन्दालाई थर्पु हुँदै सदरमुकामसम्म आवतजावतको सुविधा दिँदै आएको उक्त सडकखण्डको दोभाने खोलामा जेठ ८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यातायात सेवा […]

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ ४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]

आज मिति २०८३ भदाै ०४ गते , 20 Aug 2026 , बिहीबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)्र ठूलो योजना वा महत्वपूर्ण काम अघि बढाउने सोचमा हुनुहुन्छ भने केही समय पर्खनु लाभदायक हुनेछ। नजिकका व्यक्तिसँग सामान्य मनमुटाव हुनसक्ने भएकाले कुराकानी गर्दा संयमता अपनाउनुहोस्। मान्यजन तथा अनुभवी व्यक्तिको सल्लाहलाई बेवास्ता नगर्नुहोस्। हतारमा गरिएको निर्णयले काम बिगार्न सक्छ। आर्थिक कारोबारमा पनि सोचविचार आवश्यक देखिन्छ। वृष […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ