alliance khabar

सोमबार, आश्विन १२, २०८३

अर्घाखाँची, असोज १२ गते ।

सामान्यतः रोपेको तीनदेखि चार वर्षपछि फल दिन थाल्ने कफी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाँडाका कृषक पुष्करनाथ बन्जाडेको बारीमा भने दोस्रो वर्षमै फल्न थालेको छ ।

बन्जाडेले दुई वर्षअघि रोपेका करिब तीन सय कफीका बिरुवामा अहिले हाँगाभरि फल लागेको छ । कफी खेतीमा खाडल तयारी, जैविक मल, छहारी र नियमित स्याहारमा विशेष ध्यान दिँदा अपेक्षाभन्दा छिटो फल लागेको उहाँको अनुभव छ ।

बन्जाडेले भन्नुभयो, “खाडल राम्रोसँग तयार गरेर गँड्यौला मल प्रयोग गरेँ । बिरुवा रोपेपछि छहारी र स्याहारमा पनि ध्यान दिएँ । त्यसैले दोस्रो वर्षमै फल लाग्यो ।” कफी खेतीका लागि छहारी महìवपूर्ण हुने भएकाले उहाँले लिचीका बोटमुनि कफी लगाउनुभएको छ । लिचीका बोटले कफीलाई आवश्यक छायाँ प्रदान गर्नुका साथै एउटै जमिनबाट विभिन्न बालीमार्फत आम्दानी लिन सकिने अवस्था सिर्जना गरेको छ ।

बन्जाडेको बारीमा बहुबाली खेतीको नमुना देखिन्छ । समथर भागमा कफीका बिरुवा र डिलमा लिचीका बोट लगाइएको छ । यसबाट कफी र लिची दुवैबाट आम्दानी लिन सकिने भएकाले खेतीलाई दीर्घकालीन आम्दानीको आधार बनाउन सकिने उहाँको भनाइ छ । बन्जाडेले नेपालमा उत्पादित कफीको माग स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत बढिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ