रोशन निर्देशित ‘प्रतिवैरम्’ को गीत चार भाषामा

काठमाडौं, असोज १२ गते । रोशन दासको निर्देशनमा निर्माण भएको  चलचित्र ‘प्रतिवैरम्’ को आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक  भएको छ। फिल्मको प्रचारलाई थप गति दिने उद्देश्यले सार्वजनिक गरिएको गीत नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याइएको हो। गीतको नेपाली संस्करण ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श […]

गृहमन्त्रीसँग ‘टनेल–२६’ टोलीको भेट

काठमाडौँ, असोज १२ गते । गृहमन्त्री सुधन गुरुङसँग चलचित्र ‘टनेल–२६’ का भुटानी कलाकार तथा निर्माण टोलीले भेटेका छन् । नेपाल, भुटान र भारतको संयुक्त लगानीमा निर्माण भएको चलचित्र असोज २३ गते नेपाल र भुटानमा प्रदर्शन हुने छ । गृहमन्त्री गुरुङले ‘टनेल–२६’ टोलीलाई सफलताको शुभकामना दिनुभयो । उहाँले चलचित्रले नेपाल, भुटान र भारतबिचको बलियो सांस्कृतिक तथा […]

‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

ललितपुर, असोज ११  गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको आफ्नो ४४ औँ वार्षिकोत्सव एवम् कर्मचारी पुनःमिलन कार्यक्रममा उपाध्यक्ष डा. […]

किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न (थन्क्याउन) भ्याइनभ्याइ छ । जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको अलैँची थन्क्याउने मौसम सुरु भएसँगै किसानलाई अलैँची टिप्न चटारो भएको हो । अलैँची थन्क्याउने समय भएकाले किसानलाई यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा भ्याइ–नभ्याइ भएको छ । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य मौसम […]

अर्थमन्त्री डा. वाग्ले कतार प्रस्थान

काठमाडौँ, असोज १०  गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ । बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको भएको छ । उहाँसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, […]

धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काठमाडौँ, असोज १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ । मन्त्रालय मातहतको सिँचाइ विभागअन्तर्गत पर्ने नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म […]

वैदेशिक रोजगारी : खर्च उठाउन चार महिनाको तलब

काठमाडौँ, असोज १० गते । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत साढे तीन महिनादेखि साढे चार महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्चसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन अनुसार श्रमिकले भर्ना प्रक्रियामा गरेको […]

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई स्वदेश फर्किनुभयो प्रधानमन्त्री शाह

काठमाडौँ, असोज १० गते ।  प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ । ​ असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो […]

प्रधानमन्त्री शाहद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम प्रस्ताव (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको […]

आज मिति २०८३ असाेज ०९ गते , 25 sep 2026 , शुक्रबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्य क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ । व्यवसायमा नयाँ सम्पर्क तथा सहकार्यबाट लाभ लिन सकिनेछ । आर्थिक पक्षमा सुधार आउने संकेत छ । यद्यपि, अनावश्यक खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ । वृष  (इ, उ, ए, ओ, बा, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ