सर्लाही, असोज १४ गते । सर्लाहीसहित मधेशका जिल्लामा असोजमै बाक्लो हुस्सु लाग्न थालेको छ । मङ्सिर–पुसमा झैँ डम्म हुस्सु लागेपछि मधेशको मौसम प्रतिकूल बनेको हो । बुधबार बिहानैदेखि नजिकैको दृश्यसमेत नदेखिने गरी बाक्लो हुस्सु लागेको छ । मलङ्गवा नगरपालिका–८ का स्थानीय शिवचन्द्र चौधरीले असोजमै यसरी बाक्लो हुस्सु लागेर फरक प्रकृतिको मौसम देखिँदा अचम्म लागेको बताउनुभयो […]
चितवन, असोज १४ गते । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो । ठुला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा […]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ काम थाल्नुअघि त्यससँग सम्बन्धित सबै पक्षलाई राम्ररी बुझ्नु उचित हुनेछ । व्यापार तथा व्यवसायमा लामो समयदेखि रोकिएका काम अघि बढ्ने सम्भावना छ । आर्थिक अवस्थामा सामान्य सुधार आए पनि अनावश्यक खर्च नियन्त्रण गर्नुहोला । वृष राशि (इ, उ, ए, ओ, बा, बि, […]
कर्णाली, असोज १३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चालु आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आज आयोजित कार्यक्रममा उहाँले सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, भौतिक पूर्वाधारमन्त्री मिलन खड्का रोका, उद्योग, पर्यटनमन्त्री कल्याणी खड्का, कृषिमन्त्री जुम्कित लामा कार्की, जलस्रोतमन्त्री […]
सिद्धार्थनगर, असोज १३ गते । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा आफू पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित भएर अघि बढ्ने बताउनुभएको छ । एमालेले असोज ८ गते उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई […]
गलकोट (बागलुङ), असोज १३ गते । बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ । असोज ११ गते आइतबार निसीखोलामा आएको बाढीले क्षति पुर्याएपछि गाउँपालिकाले नगद राहत उपलब्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका […]
काठमाडौँ, असोज १३ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले विगतमा ‘ग्रासरुट’ तहमा पर्याप्त लगानी हुन नसक्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर भएको […]
काठमाडौँ, असोज १३ गते । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले स्वास्थ्य […]
ढल्केबर, असोज १३ गते । निर्वाचन आयोगले पदमुक्त गरेका धनुषाका चार वडाध्यक्षलाई यथास्थितिमा रहेर कामकाज गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आदेशसँगै उनीहरूलाई वडाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न बाटो खुलेको हो । सर्वोच्चको आदेशपछि मिथिला नगरपालिका–२ का बिहारी महतो, शहीदनगर नगरपालिका–८ का तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का जयराम मण्डल र कमला नगरपालिका–५ का शिवा […]
इटहरी, असोज १३ गते । रोजगारीको खोजीमा रहेका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदातालाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा भोलिदेखि ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सात दिनसम्म सञ्चालन हुने मेलामार्फत रोजगारी सिर्जना, सीप विकास, रोजगारदाता र श्रम बजारबीचको दूरी घटाउने […]