काठमाडौँ, असोज १४ गते ।
नेपाल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार देशका हिमाली भूभागमा आंशिक तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ । सोमबार राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ । मङ्गलबार देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।
बुधबार देशभर आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एक, दुई स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना तथा कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।