गलकोट (बागलुङ), भदौ ३ गते । बागलुङको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले ७४ लाख रुपियाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ८७ लाख ६१ हजार २२९ रुपियाँ राजस्व संकलन गर्न सफल भएको हो । निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरका अनुसार लक्ष्यभन्दा १८.४ […]
काठमाडौँ, भदौ ३ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) […]
काठमाडौँ, भदौ ३ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो एक महिनामा करिब डेढ करोड रुपियाँ बराबरको रकम श्रमिकको पारिश्रमिकबापत भुक्तानी गर्न सफल भएको छ । विभागको सक्रियतामा गएको साउनमा विभिन्न रोजगारदाता कम्पनी र प्रतिष्ठानमा आएका उजुरीका आधारमा श्रमिकलाई एक करोड ४० लाख ५२ हजार ८१५ बराबरको पारिश्रमिक भुक्तानी गराएको हो । विभागका महानिर्देशक […]
विराटनगर, भदौ ३ गते । कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ । गत असार २४ गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा सरकारले ‘दलित अधिकारसम्बन्धी विधेयक’ प्रदेशसभामा पेश गर्ने सम्भावना रहेको छ । यद्यपि, कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी […]
काठमाडौँ, भदौ ३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]
मेष राशि मेष राशिका लागि भदौँ महिना मध्यम रहन सक्छ । धनको वृद्धि हुनुका साथै कार्य प्राप्तिको योग पनि रहेको देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । सोचेका काम बन्नेछन् । साथीभाईबाट खुसी मिल्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रुहरु बलिया रहनुका साथै कार्यमा समस्या खडा गर्न सक्नेछन् । स्वास्थ्यमा […]
काठमाडौँ, भदौ २ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सोमबार घरका मूलढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बिर टाँसी विधिपूर्वक पूजाआराधना गरेर मनाइएकोे छ । आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित […]
काठमाडौँ, भदौ २ गते । आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैङ्कले करिब ७० अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन् । नाफा कमाए पनि बैङ्कको लाभांश वितरण गर्ने क्षमता भने कमजोर देखिएको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैङ्कहरूले ६९ अर्ब ८६ करोड ६० लाख रुपियाँ नाफा कमाउँदा चार बैङ्कको वितरणयोग्य […]
सुलीकोट, भदौ २ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ दोभान र वडा नं. १ हुल्चुक जोड्ने बुढीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण भएपछि स्थानीयवासीको यात्रा सहज भएको छ। दोभान खोला जलविद्युत् आयोजनाले बुढीगण्डकी नदीमाथि करिब ४२ मिटर लामो बेलिब्रिज निर्माण गरेको हो। पुल निर्माणसँगै आयोजनाको काममा सहजता हुनुका साथै स्थानीयवासीको आवतजावत पनि सुगम भएको छ। धार्चे गाउँपालिका–१ […]
काठमाडौं ,साउन ३१ गते । भाटभटेनीको भक्तपुर स्टोर भदौ १ गतेदेखि चौबीसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ ।सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै भोलि भदौ […]