alliance khabar

सोमबार, भाद्र २९, २०८३

काठमाडौँ, भदौ २९ गते ।

लोकप्रिय नाट्य संस्था ‘शैली थिएटर’ले १८ सेप्टेम्बर २०२६ देखि दुई विशेष नाटक मञ्चनको तयारी गरिरहेको छ। रसियन हाउस’को साझेदार संस्थाका रूपमा समेत काम गर्दै आएको सो संस्थाले १८ सेप्टेम्बरदेखि एन्टोन चेखोभको लोकप्रिय एकांकी नाटक ‘द स्वान सङ’को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ प्रस्तुत गर्नेछ। त्यसैगरी, २३ सेप्टेम्बरदेखि महेश पौड्यालको मौलिक नेपाली नाटक ‘भावमल्ली’ मञ्चन गरिनेछ । दुवै नाटकको निर्देशन नवराज बुढाथोकीले गरेका हुन्। नाटक काठमाडौँको कमलपोखरीस्थित रसियन हाउसको प्रेक्षालयमा मञ्चन हुनेछन्।

शैली थिएटरका अनुसार ‘अन्तिम गीत’मा वरिष्ठ कलाकार तथा अभिनय गुरु (आरोहण गुरुकुलका संस्थापक) सुनील पोखरेल र अभिनेत्री सब्बु गुरुङको अभिनय रहनेछ। यसमा उत्सव बुढाथोकीले संगीत संयोजन गर्नेछन्। नाटकमा समावेश गीतहरू स्वयं पौड्यालले नै लेखेका हुन्।

‘भावमल्ली’मा शैली थिएटरका कलाकार आकाश भुजेल जैसीसहित अन्य कलाकारको अभिनय रहनेछ। यसको संगीतमा पद्मकन्या बहुमुखी क्याम्पसको संगीत विभागका कलाकार तथा प्रशिक्षकको योगदान रहनेछ।

रुसको बोल्शोई थिएटरको २५०औँ वार्षिकोत्सव तथा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा शैली थिएटर र रसियन हाउसको संयुक्त आयोजनामा हुने ‘नेपाल–रुस थिएटर सप्ताह’ अन्तर्गत यी नाटकहरू मञ्चन गर्न लागिएको निर्देशक बुढाथोकीले बताउनुभयो ।

‘आरोहण गुरुकूल, काठमाडौँ’का नियमित नाटक मञ्चन बन्द भएपछि वरिष्ठ कलाकार सुनील पोखरेलको रंगमञ्चमा  पुनरागमनका रूपमा पनि यस अवसरलाई हेरिएको छ। निर्देशक बुढाथोकीले पोखरेलजस्ता उचाइका कलाकारलाई निष्क्रिय रहन दिन नहुने बताउँदै यस प्रस्तुतिमार्फत उनलाई पुनः रंगमञ्चमा ल्याउन पाउँदा आफू निकै उत्साहित भएको उल्लेख गर्नुभयो ।

“उहाँजस्तो कलाकारलाई निष्क्रिय रहन दिनु हुँदैन। म उहाँसँग लगत्तै अर्को नाटक गर्नेबारे पनि सोचिरहेको छु। उहाँसँग केही चलचित्र बनाउने योजना पनि छ’’, बुढाथोकीले भन्नुभयो ।

पोखरेलले यसअघि एन्टोन चेखोभलाई आफ्ना प्रिय नाटककारहरूमध्ये एकका रूपमा बताउँदै आउनुभएको छ ।  ’द स्वान सङ’ दशकौँसम्म रङ्गमञ्चमा सक्रिय रहेका एक वृद्ध कलाकारको कथा भएकाले, निर्देशकको बुझाइमा यो पात्र पोखरेलको आफ्नै जीवन र पेसागत यात्रासँग नजिकबाट मेल खान्छ; यसले उनको अभिनयलाई विशेष रूपमा जीवन्त र यथार्थपरक बनाउनेछ ।

असोज २ गते (अक्टोबर २) दिउँसो ४ बजे अन्तिम गीत’को मञ्चनसँगै यस महोत्सवको औपचारिक सुरुवात हुनेछ । ’शैली थिएटर’ का अनुसार, त्यसपछि असोज १९ देखि २१ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) यस नाटकका नियमित मञ्चन दिउँसो २ः३० र साँझ ५ः३० बजे हुनेछन्। साथै, संस्थाले ‘अन्तिम गीत’ असोज १८ देखि २१ गतेसम्म र ‘भावमल्ली’ असोज २३ देखि २५ गतेसम्म मञ्चन गरिने जानकारी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ