alliance khabar

सोमबार, भाद्र २९, २०८३

काठमाडौँ, भदौ २९ गते । 

हरितालिका तिज पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि महिला दिदीबहिनीको चहलपहल बढेको छ । तिजको अवसरमा व्रत बसेका महिलाहरू पूजाआजा तथा दर्शनका लागि पशुपतिनाथ पुगेका छन् ।

हरितालिका तिज नेपाली महिलाहरूले विशेष उत्साह र श्रद्धाका साथ मनाउने पर्व हो । तिजका अवसरमा महिलाहरू रातो पहिरन, गरगहना र चुरा–पोतेमा सजिएर शिवालयमा पुग्ने तथा भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् ।

तिजको मुख्य दिन निराहार व्रत बस्ने परम्परा रहेकाले त्यसको अघिल्लो साँझ माइती तथा आफन्तको घरमा भेला भएर दर खाने चलन छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत थप आत्मीय बनाउने गरेको छ ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज पर्व धार्मिक आस्थासँगै नेपाली महिलाको सांस्कृतिक पहिचान, आपसी भेटघाट र सामाजिक ऐक्यबद्धताको पर्वका रूपमा समेत स्थापित छ ।

यसै अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको तिजको उल्लास, पूजा आराधना र महिलाको सहभागिताका केही तस्बिरहरू :-

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ