alliance khabar

बुधबार, भाद्र ०३, २०८३

मेष राशि

मेष राशिका लागि भदौँ महिना मध्यम रहन सक्छ । धनको वृद्धि हुनुका साथै कार्य प्राप्तिको योग पनि रहेको देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । सोचेका काम बन्नेछन् । साथीभाईबाट खुसी मिल्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रुहरु बलिया रहनुका साथै कार्यमा समस्या खडा गर्न सक्नेछन् । स्वास्थ्यमा सजग रहँदा राम्रो हुने देखिन्छ ।

वृष राशि

वृष राशिका लागि भदौँ महिना मिश्रित रहन सक्छ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । जग्गाजमिन सम्बन्धि क्षेत्र लाभदायी रहनेछ ।अध्ययनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । कार्यमा अस्थिरता रहन सक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् । खर्चमा वृद्धि हुन सक्ने देखिन्छ ।

मिथुन राशि

मिथुन राशिका लागि भदौँ महिना शुभदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । व्यवसायमा उन्नति हुने देखिन्छ ।

कर्कट राशि

कर्कट राशिका लागि भदौँ महिना मिश्रित फलदायी रहनेछ । मित्रजनबाट साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । कर्म क्षेत्र बलवान् छ । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले सजगता अपनाउनु शुभ रहनेछ ।

सिंह राशि

सिंह राशिका लागि भदौँ महिना शुभदायी रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । कर्मप्राप्तिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । धार्मिक कार्यमा पनि मन जानेछ ।

कन्या राशि

कन्या राशिका लागि भदौँ महिना मध्यम देखिन्छ । व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । कार्यमा उन्नति प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । महिनाको उत्तरार्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहन सक्ने योग देखिन्छ ।

तुला राशि

तुला राशिका लागि भदौँ महिना लाभदायी रहन सक्छ । कार्यमा सफलता मिल्नुका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नति हुनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाव रहन सक्छ ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि भदौँ महिना शुभ फलदायी रहनेछ । कार्य गर्ने प्रशस्त अवसर प्राप्त हुनेछन् । आर्थिक लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्य क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आम्दानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।

धनु राशि

धनु राशिका लागि भदौँ महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ ।अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहेपनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

मकर राशि

मकर राशिका लागि भदौँ महिना मध्यम फलदायी रहनेछ । कार्यमा उन्नति हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र भने फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन्। भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ ।

कुम्भ राशि

कुम्भ राशिका लागि भदौँ महिना शुभ रहनेछ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् ।बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहेपनि खर्चमा भने वृद्धि हुन सक्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।

मीन राशि

मीन राशिका लागि भदौँ महिना लाभदायी रहनेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ