alliance khabar

आइतबार, साउन ३१, २०८३

काठमाडौं ,साउन ३१ गते ।

भाटभटेनीको भक्तपुर स्टोर भदौ १ गतेदेखि चौबीसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ ।सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै भोलि भदौ १ गतेदेखि चौबीसै घण्टा खोल्ने निर्णय भएको बताउनु भयाे ।

“बुधबार रातिदेखि हामीले परीक्षण गर्‍यौँ,”उहाँले  भन्नुभयाे “भोलिदेखि हामीले चौबीसै घण्टा खोल्ने योजना बनाएका हौँ ।” पाइलट प्रोजेक्टका रुपमा हेरेर अन्य स्टोर्सहरुलाई पनि त्यहीअनुसार अघि बढाउने भाटभटेनीले जनाएको छ । बुधबारदेखि नै परीक्षण गरिएको र सफल भएको बताउँदै गुरुङले भोलिदेखि औपचारिकरुपबाटै खुल्ने बताउनु भयाे । अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि चौबीसै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ ।

राति काम गर्ने कर्मचारीले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नुका साथै राति चिया खाजाको व्यवस्था गरिएको स्टोरले जनाएकोछ । भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गतवर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ