alliance khabar

बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ, भदौ ३ गते  ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो एक महिनामा करिब डेढ करोड रुपियाँ बराबरको रकम श्रमिकको पारिश्रमिकबापत भुक्तानी गर्न सफल भएको छ ।

विभागको सक्रियतामा गएको साउनमा विभिन्न रोजगारदाता कम्पनी र प्रतिष्ठानमा आएका उजुरीका आधारमा श्रमिकलाई एक करोड ४० लाख ५२ हजार ८१५ बराबरको पारिश्रमिक भुक्तानी गराएको हो ।

विभागका महानिर्देशक चक्रपाणि पाण्डेले विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकको पारिश्रमिक भुक्तानी, बालश्रम नियन्त्रण र श्रम विवाद समाधान अन्तर्गत सो बराबरको रकम विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकलाई विभिन्न शीर्षकमा भुक्तानी गराएको जानकारी दिनुभयो । उहाँका अनुसार यसमध्ये श्रमिक र प्रतिष्ठानबिचको आपसी सहमतिमा ७२ लाख ७१ हजार ९२७ भुक्तानी गराइएको छ भने विभिन्न कसुरमा गरिएका दण्ड, जरिबाना तथा क्षतिपूर्तिबापत  ७१ लाख ३५ हजार ३७१ असुली गर्ने निर्णय भएको छ ।

उहाँले बालश्रम नियन्त्रणका लागि विभागले बालश्रम लगाउने सक्ने सम्भावित ठाउँमा अनुगमनलाई तीव्र पारेको जानकारी दिनुुभयो । विभागका अनुसार साउनमा देशभर ३७१ वटा बालश्रम निरीक्षण गरिएका बालश्रम गराउने विभिन्न प्रतिष्ठान र व्यक्तिलाई विभागले दुई लाख २० हजार जरिबानासमेत गरेको छ । यसका साथै श्रम ऐन र सुरक्षा मापदण्ड पालनाको सुनिश्चितका लागि ३७१ प्रतिष्ठान, १४२ ब्वायलर र २१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरिएको छ ।

विभागले यस अवधिमा तीन सय वटा व्यक्तिगत र २६ वटा सामूहिक दाबी उजुरी दर्ता गरेकोमा ८१ वटा श्रम विवाद आपसी समझदारी र कानुनी प्रव्रिmयामार्फत समाधान गरेको जनाएको छ । यस अवधिमा एक औद्योगिक दुर्घटना दर्ता भएको र त्यसमा एक जना श्रमिकको मृत्यु भएको विवरण प्रतिवेदनमा उल्लेख छ ।

विभागले पछिल्लो समयमा सेवा प्रवाहलाई थप जनमुखी बनाउन ‘पहिले आउनेलाई पहिले सेवा’ को अवधारणा लागु गरेको छ भने सेवाग्राहीसँग शिष्ट व्यवहार, उजुरी पेटिकाको नियमित निरीक्षण र मासिक रूपमा छलफल आयोजना गर्ने जस्ता सुशासनका सूचकाङ्कहरू कार्यान्वयनमा ल्याइएको छ । गुनासो सुनुवाइका लागि प्रभावकारी जनसम्पर्क गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ