alliance khabar

सोमबार, भाद्र २९, २०८३

घोराही, भदौ २९ गते । 

चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन् । गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन् ।

राप्ती गाउँपालिका–७, सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म नौ लाख रुपियाँको केरा बिक्री गरेको बताउनुभयो । सिसहनियालगायत देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा नौ लाख रुपियाँ बराबरको केरा बेचेको बताउनुभयो ।

जन्माष्टमीको बेला मात्रै पाँच लाख रुपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब चार लाख रुपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो । उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण १२ हजार बोट ढल्दा उत्पादनमा कमी आएको छ ।

राप्ती केरा प्रवर्धन समूहका अध्यक्षसमेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन् । बाहिरबाट केरा आयातमा कमी हुँदा जिल्लामा उत्पादन भएको केराले मूल्य पाएको जनाउँदै किसान सुवेदीले भन्नुभयो, “गत वर्ष केराले मूल्य नपाउँदा बारीमै केरा सड्ने अवस्था थियो । यो वर्ष त्यो अवस्था हटेको छ ।” उहाँका अनुसार चाडपर्वको समयमा बाहिरबाट केरा भित्रिन नपाउँदा स्थानीय केरा उत्पादक किसानले राम्रो मूल्य पाएका छन् ।

सिसहनियाकै अर्का किसान विद्याबहादुर चौधरीले यस वर्ष करिब तीन लाख रुपियाँ मूल्यको केरा बेचेको बताउनुभयो । गत वर्ष केराको मूल्य घट्दा बिक्रीमै समस्या बेहोर्नुभएका चौधरीले यो बिक्रीमा समस्या नभएको बताउनुभयो । बारीबाटै यो वर्ष दर्जनको एक सय रुपियाँका दरले केरा बिक्री भइरहेको भन्दै चौधरीले गत वर्ष ७० रुपियाँमा दिँदा पनि नबिक्ने समस्या रहेको सम्झाउनुभयो ।

मन्जुला बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर सात वर्षदेखि व्यावसायिक केराखेतीमा लाग्नुभएका चौधरीले फार्मबाट उत्पादित केरा लमही, भालुवाङ, सिसहनियालगायत बजारबाट किसान आएर लैजाने गरेको बताउनुभयो । उहाँले सात बिगाह जग्गामा व्यावसायिक केरा खेती गर्नुभएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ४४७ हेक्टर क्षेत्रफलमा मालभोग, हरिसाललगायत जातका केरा खेती हुने गरेको छ, जसबाट वार्षिक नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ