मकवानपुर, कात्तिक १२ गते । हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्यका लागि समझदारी भएको छ । चीनमा आयोजित एक कार्यक्रममा दुवै विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर भएको बागमती विश्वविद्यालयले जनाएको छ । समझदारीपत्रमा बागमती विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका उपाध्यक्ष प्राडा देङ जुजीले हस्ताक्षर […]
काठमाडौँ, कात्तिक १२ गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपियाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपियाँ कायम भएको छ । बुधबार […]
भोजपुर, कात्तिक १२ गते । आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगायत सामग्री गाउँघरमा अनिवार्य रूपमा प्रयोग हुने गरेको थियो । पछिल्लो समय आधुनिक भाँडाकुँडाको प्रयोग बढेसँगै यस्ता सामग्री चलन हट्दै भएको […]
सेबु (फिलिपिन्स), कात्तिक १२ गते । अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन् । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि […]
काठमाडौँ, कात्तिक १२ गते । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ ग्रहण ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे आयोजना हुने पार्टीले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका […]
काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतका विभिन्न क्षेत्रमा अत्यधिक वर्षासँगै आँधीबेहरी सिर्जना गरिरहेको छ । यही समयमा बङ्गालको खाडीको पूर्वतर्फ फेरि अर्को बलियो न्यूनचापीय क्षेत्र बनेको छ । नेपालमा अर्णवको असर बुधबार बिहानदेखि पर्न […]
काठमाडौँ, कात्तिक ११ गते । एभरेस्ट पेपर मिल प्रालिमा कार्यरत श्रमिकले लामो समयको कानुनी तथा प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधाबापतको कुल छ करोड ३६ लाख ६२ हजार ८०३ रुपियाँ भुक्तानी प्राप्त गरेका छन् । उक्त मिलमा कार्यरत १७४ श्रमिकले लामो कानुनी लडाइँपछि उक्त रकम भुक्तानी पाउन सफल भएका हुन् । उद्योग प्रशासन र श्रमिकबिच विवाद बढेपछि […]
काठमाडौँ, कात्तिक ११ गते । यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला बढी खपत हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा ४८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ५१ लाख ८० हजार गोटा फूलका माला खपत हुने छ । […]
काठमाडौँ, कात्तिक ११ गते । अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्याङ । हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय नौ वर्ष पुरानो, नेपालको पहिलो दमकल हो । नेपालको एउटा जुगको इतिहास बोकेको सो दमकललाई यताउति सार्न मानिसको साहरा चाहिन्छ । मङ्गलबार त्यसै गरी अन्यत्र सार्न अर्को सवारीले […]
काठमाडौँ, कात्तिक १० गते । नेपाल आयल निगमले एलपी ग्यास बेच्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबीजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको […]