काठमाडौँ, भदौ ४ गते । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले […]
काठमाडौँ, भदौ ४ गते । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । कार्यक्रमअनुसार बिहान ११ बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क […]
काठमाडौँ, भदौ ४ गते । १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटो प्रदर्शनी आयोजना गरेको छ। हनुमानढोका परिसरमा आयोजित प्रदर्शनीमा नेपाली फोटो पत्रकारहरूले बुधबार चीन भ्रमणका क्रममा खिचेका चीनका सुन्दर तथा विविध पक्ष झल्काउने तस्बिरहरू प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीमा चीनको संस्कृति, परम्परा, पर्यटन, कला, साहित्य तथा जनजीवनलाई चित्रित गर्ने […]
काठमाडौँ, भदौ ४ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]
भद्रपुर (झापा), भदौ ४ गते । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस […]
फिदिम, भदौ ४ गते । बाढीले अवरुद्ध बनाएको मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको दोभाने खोलामा स्थानीयवासीले काठेपुल निर्माण गरेपछि सवारीसाधन आवागमन सुचारु भएको छ। पाँचथरको याङवरक गाउँपालिका–१ र २ तथा छिमेकी जिल्ला ताप्लेजुङका सादेवा र कालिखोलाका बासिन्दालाई थर्पु हुँदै सदरमुकामसम्म आवतजावतको सुविधा दिँदै आएको उक्त सडकखण्डको दोभाने खोलामा जेठ ८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यातायात सेवा […]
काठमाडौँ, भदौ ४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]
काठमाडौँ, भदौ ३ गते । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो । मन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिलाई लाभ […]
काठमाडौँ, भदौ ३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा […]
काठमाडौं, भदौ ३ गते । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्व ७३ करोड रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिष बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभयो । मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु १) सफ्टवेयर विकास […]