नेपालगन्ज, भदौ ८ गते। इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको भदौ १० गते मनाइने जन्मजयन्तीको अवसर पारेर नेपालगन्जको एक मस्जिदमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा ४०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन्। नेपालगन्ज–२, घरबारी टोलस्थित मक्का मस्जिद व्यवस्थापन समितिले आइतबार मस्जिद परिसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ४०० भन्दा बढी […]
सल्यान, भदौ ७ गते । सल्यानमा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। जिल्लाको दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता देखिएको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको […]
भद्रपुर (झापा), भदौ ४ गते । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस […]
कास्की, साउन ३१ गते । वर्खायामसँगै गण्डकी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणबाट बच्न साउनदेखि कात्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनुपर्ने चिकित्सिक बताउँछन् । यस वर्ष मनसुन भएसँगै डेङ्गु सङ्क्रमित देखिन थालेका छन् । हालसम्म गण्डकी प्रदेशका नौ जिल्लामा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा […]
किन्शासा(कङ्गो), साउन २७ गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो । अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ । […]
ताप्लेजुङ, साउन २३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो । गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरिक, स्वस्थ्य मैवाखोला’ […]
सल्यान, साउन २३ गते । सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकले आफ्नै गाउँघरमा विशेषज्ञ आँखा स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकामै निःशुल्क आँखा परीक्षण, शल्यक्रिया तथा चश्मा वितरण गर्ने उद्देश्यले सञ्चालित शिविरको पहिलो दिन शुक्रबार २९० जना नागरिकले सेवा लिएका छन् । कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा वडा नं. ५ स्थित […]
काठमाडौँ, साउन २० गते । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबिच सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अनशनरत नर्स रानाभाटबिच बुधबार भएको वार्तापछि १९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदीले सहमतिपत्रमा […]
नेपालगन्ज, साउन १९ गते। पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा करिब दुई वर्षदेखि बिग्रिएर थन्किएको सिटी स्क्यान मेसिन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौँ विपन्न तथा गरिब बिरामीको उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरुद्ध सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख […]
दाङ, साउन १९ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकैदिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ । प्रतिष्ठानका अनुसार एक हजार १८० […]