alliance khabar

मंगलबार, साउन १९, २०८३

नेपालगन्ज, साउन १९ गते।

 पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा करिब दुई वर्षदेखि बिग्रिएर थन्किएको सिटी स्क्यान मेसिन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौँ विपन्न तथा गरिब बिरामीको उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरुद्ध सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताउनुभयो।

उहाँका अनुसार प्राविधिक समस्याका कारण लामो समय सेवा बन्द हुँदा दुर्घटना तथा चोटपटक लागेका बिरामीले महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सिटी स्क्यान गराउनुपर्ने बाध्यता थियो। अब अस्पतालमै सस्तो र सुलभ दरमा सेवा उपलब्ध भएको उहाँले बताउनुभयो।

अस्पतालमा बन्द रहेका विभिन्न सेवाको पुनः सञ्चालन, अपुग जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरण थप तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको डा. दर्नालले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “अस्पतालमा लामो समयदेखि बन्द रहेको सिटी स्क्यान सेवालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको छ। यस्तै अन्य सेवाहरूलाई पनि छिट्टै चुस्त र दुरुस्त बनाउने योजना छ।”

भेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धितालले सिटी स्क्यान सेवा पुनः सञ्चालन भएपछि बाँके, बर्दिया, सुर्खेत, दाङलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आउने बिरामीले सहज रूपमा सेवा पाउने बताउनुभयो।

उहाँले यसबाट आर्थिक रूपमा कमजोर बिरामीलाई विशेष सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो।

अस्पतालको समग्र सेवा विस्तार र सुदृढीकरणका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आवश्यक जनशक्ति तथा स्रोतसाधन माग गरिएको अस्पताल विकास समितिले जनाएको छ।

अस्पतालका सेवा नियमित र गुणस्तरीय बनाउन विभिन्न कदम चालिएको जनाउँदै आवश्यक प्राविधिक व्यवस्थापनलाई अझ सुदृढ गर्नुपर्नेमा समितिले जोड दिएको छ।

काठमाडौँको वीर अस्पतालसँगै स्थापना भएको १३६ वर्ष पुरानो भेरी अस्पताल पश्चिम नेपालका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको छ।

अस्पताल विकास समितिका पूर्वसदस्य तथा नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले अस्पतालका सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको नियमित मर्मतसम्भार र अनुगमनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ