सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

गोरखा, असार  २४ गते ।  गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उहाँले भन्नुभयो, ‘‘यसबाट सामुदायिक […]

‘अनुशासित र सन्तुलित जीवनका लागि योग’

काठमाडौँ, असार ८ गते । नेपालमा विभिन्न कार्यक्रम गर्दै १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले स्वस्थ, अनुशासित र सन्तुलित जीवनका लागि योगाभ्यासलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने बताउनुभयो । उहाँले आधुनिक जीवनशैली, असन्तुलित आहारविहार र बढ्दो मानसिक तनावका कारण मानव स्वास्थ्यमा […]

‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’

जनकपुरधाम, असार ५  गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उहाँले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै […]

बढ्दै ब्रेन ट्युमरका बिरामी

काठमाडौँ, जेठ २६ गते । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर तीन हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुषको सङ्ख्या महिलाभन्दा बढी रहेको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डा. राजिव झाका अनुसार उमेर समूहका आधारमा ३० […]

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ, जेठ २४  गते ।  दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा […]

अग्लुङ्गमा निःशुल्क बृहत् स्वास्थ्य शिविर

गुल्मी, जेठ १७ गते।  पश्चिम गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकहरूलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यहि जेठ २१ र २२ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार अग्लुङ्ग वडा कार्यालय आयोजना तथा डाक्टर राजेन्द्र […]

योगदानकर्ताको स्वस्थ्योपचार सम्झौता

काठमाडौँ, जेठ १ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबिच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार कोष र उक्त स्वास्थ्य संस्थाबिच सम्झौता भएको हो । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट […]

सुकुमवासीका लागि बृहत् स्वास्थ्य शिविर

काठमाडौँ, वैशाख २१ गते । नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य […]

मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था शिल, सञ्चालक फरार

सर्लाही, वैशाख ११ गते । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो । सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, […]

गजेन्द्र नारायण सिंह अस्पतालको वर्षौ बन्द गेट खोलियो

भारदह, चैत १८ गते। सप्तरी जिल्लाको राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह सरकारी अस्पतालको पश्चिमतर्फको वर्षौँदेखि बन्द रहेको गेट मंगलबारदेखि सञ्चालनमा आएको छ। अस्पतालमा दुईवटा गेटमध्ये पश्चिमतर्फ रहेको पुरानो गेट बन्द भएपछि बिरामी र तीर्थयात्रीहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभासद् रामजी यादवको पहलमा गेट खोल्न सफल भएको राष्ट्रिय स्वतन्त्र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ