‘संसद् कानुन निर्माणमा केन्द्रित

काठमाडौँ, माघ १९ गते । सत्ता साझेदार र प्रतिपक्षी दलका नेताले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने प्रतिव्रिmया दिएका छन् । नेताहरूले विधेयक अधिवेशनलाई आर्थिक सुधार, सुशासन, सङ्घीयता कार्यान्वयनसहित देशमा समग्र रूपान्तरणका पक्षमा सदुपयोग गर्नुपर्ने बताएका हुन् । शुव्रmबार संसद् बैठकपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउँदै गहन […]

‘विधेयक पारित नगरे विकल्प खोजिन्छ’

काठमाडौँ, माघ १९ गते  । शुक्रबारदेखि प्रारम्भ भएको संसद् अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्ताव गरेको विधेयक संसद्ले लामो समयसम्म पारित नगर्दा वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा सरकारले ल्याएका विधेयक सदनमा लामो समय रोकिएकोमा असन्तुष्टि […]

प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्छ : प्रमुख देवकोटा

हेटौँडा, माघ १८ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शुक्रबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारलाई अब गुनासो र बहानाबाजी गर्ने छुट नरहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशले सङ्घसँग […]

संसद् अधिवेशन, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

काठमाडौं, माघ १८ गते ।  सङ्घीय संसद्को अधिवेशन शुक्रबार अपराह्न १ बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले […]

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सत्तारुढ दलको निर्णय

काठमाडौं, माघ १४ गते ।  सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा […]

सांसदहरूसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई सभापति देउवाको निर्देशन

काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै […]

अखिल क्रान्तिकारीको निर्वाचन आज

काठमाडौँ, माघ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शनिबार निर्वाचन हुँदै छ । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी नेतृत्व […]

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ, माघ ११ गते।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ। जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई […]

प्रचण्ड सुकुटेमा : बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा ध्यान दिन सरकारलाई आग्रह

सिन्धुपाल्चोक, पुस २९ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गर्नुभएको हो। उहाँले […]

कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौं, पुस २८ गते ।  नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको मिथ्या (फेक) प्रेस विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति देउवाको नामबाट अध्यादेशसम्बन्धमा मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ । पार्टीका मुख्य सचिव […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल