alliance khabar

मंगलबार, साउन १३, २०८२

काठमाडौँ, साउन १३ गते ।

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो ।

अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको अमेरिकास्थित एमसिसी कार्यालयले जनाएको छ । नेपाल सरकारलाई उक्त निर्णयबारे जानकारी दिइएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

५० करोड अमेरिकी डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्धनमा टेवा पुग्ने विश्वास नेपालस्थित अमेरिकी दूतावासले व्यक्त गरेको छ ।

अर्थ मन्त्रालयले पनि उक्त कुराको पुष्टि गरेको छ । गत जनवरी २० मा अमेरिकी सरकारको कार्यकारी आदेश अनुसार पुनरवलोकनका लागि स्थगन गरिएको थियो । गत शुक्रबार पुनरवलोकन कार्य समाप्त भएको र नेपाल सम्झौताको निरन्तरताका लागि अमेरिकाबाट सिफारिस प्राप्त भएको मन्त्रालयले प्रस्ट पारेको हो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल